Friday October 02, 2020

かついた」勤務中に爆破予告

२९ असार, २०७५ शीतलपाटीन्युज डटकम। 1415



मैले सपनीमा भानु बाजेलाई भेटेको 
मलाई भानु बाजेले साेध्नु भयाे 
नानी तिमी त पुर्व ताप्लेजुङकी 
तनहुँ मा कहाँबाट म तपाईंको तनहुँ मा 
ताप्लेजुङ भन्दा छुट्टै प्रकृति हेर्न मन भयाे बाजे 
हजुर त मेराे बाजे जस्तै लाग्याे मेराे बाजे पनि 
पुर्वी लिम्बू वान लाई प्रतिनिधित्व गर्नु हुन्थ्याे 
तर बाजे असफल हुन भयाे ।उहाँको तत्कालीन राणाशासक द्वरा 
अल्पायुमा हत्या भयाे। मेराे बाजे राज्य बिर्सेकाे सहिद हुन हुन्छ  
अनि बाजे तपाईं त मैले स्कुल पढ्दा नेपाली पाठ्यक्रम मा पढेकाे हजुरकाे कृति अाज तपाईं सग सपनामा भेट भयाे 
म हजुर सगकाे भेटमा अति खुशी गर्व ठानेको छु 
भानु बाजे लाई मैले मेरा कुरा मात्रै राख्न खाेज्दै गए ,
बाजे याे घाँसी पौवा कहाँ छ? र अझै छ?  मैले सुनेकी छु अाज भाेलि त कुवाकाे पंधेराकाे पानी खान छाेडे रे गाउँमा 
सबै काे घरमा चुलामा पाईप जडान गरिएको छ रे 
त्यसकारण त्याे बेलाको घाँसीकाे कृतिमा अाज भाेलि कसैले चासाे चिन्ता गरेको हाेलान त बाजे?
अाज भाेलि त बाजे सबै हामी र हाम्रो मान्छे गाउँ छाेडेर शहर बासिन्दा भयाे नि हजुरलाई थाहा छ ? अझै कति त हामी बिदेशीएका छौ कुवाकाे पानी खादैनौ पुर्खाले बनाएकाे चौतारा मा बस्दैनौ हामी र हामी सबै शहरको झिलिमिलि मा रमाउन थालेको छौ यस्तो देखेर बाजे हजुरकाे मन सपना कति भत्किएको हाेला है बाजे अाज भाेलि परिवर्तनको नाममा धेरै 
परिवर्तन त भयाे तर गाउँ देशको स्थिति परिवर्तन हुन सकेन 
परिवर्तन भयाे हामी र हाम्रो चाहाना ।
बाजे अाज भाेलि त हजुरकाे लेखहरुकाे पनि खासै चर्चा र चासो हुन्न हाेला अहिलेका पुस्तालाई साेध्नु त अादिकवि भानुभक्त काे हुन भन्दा टाउकाे कनाउछन ,
पुराना कुरामा अाज भाेलि कसैले पनि मन ध्यान दिन छाेडेकाे 
देखेर सारै नरमाइलो लाग्छ । पुराना कृतिको संस्कार संस्कृतिको अति धारासाहिमा परेको अनुभुत हुन्छ बाजे ।।
अाज भाेलि त कसैलाई कसैको मतलव हुन्न बाजे काे भन्दा काे कम भन्ने हाेड चल्छ जहाँ तहि घाँसीकाे घाँस काटेर पैसा 
जम्मा गरेर कुवा खन्ने र गाउँ भरीका मान्छेले पानी ख्वाउने  भन्ने दिन गयाे बाजे । खाेई बाजे अाज भाेलि त हामी र हाम्रो अाफ्न्त सबै शहर मा बस्ने सुकिला लुगा लाउने भयौ नि बाजे 
अनि हामी हामी नै चिन्जान पनि सारै गर्दैनौं हामी कसैले कसैसंग नाता जाेडे पनि त्यो भित्र स्वार्थ हुन्छ ।बाजे हजुरले
सम्झेकाे जस्तो गाउँ रहेन हजुरले साेचे जस्तो देश भएन ।।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?