Tuesday September 27, 2022

पोखरादेखि मुस्ताङसम्म सुविधासम्पन्न बस सेवा सञ्चालन

१९ आश्विन, २०७५ शीतलपाटीन्युज डटकम 2545


पोखरादेखि मुस्ताङसम्म सुविधासम्पन्न बस सेवा सञ्चालन

शीतलपाटीन्युज डटकम।

विहिबारबाट  पोखरादेखि मुस्ताङसम्म सुविधा सम्पन्न सिधा बस सेवा संचालनमा आएको छ । म्याग्दी कोरला यातायात प्रा.लि.ले  मुस्ताङ क्षेत्रको पर्यटन प्रबर्द्धन गर्ने उदेश्यले हिटर जडान भएका सुविधा सम्पन्न बसहरुसंचालनमा ल्याएको प्रालीका सञ्चालक नरेश रोकायले बताए ।

अब नियमित रुपमा उक्त बस सेवा  संचालनमा आएको छ । यात्रुहरुको माग र चाहना अनुसार सेवामुखि व्यवसायको हिसावले आफुहरुले पोखरा देखि मुस्ताङको मुक्तिनाथसम्मको आरामदायी यात्रा गराउन २७ सिटे उक्त गाडी संचालनमम ल्याएको रोकायले बताए । ५ वटा बस करिब ३ करोड लगानीमा संचालनमा ल्याएसंगै आगामी केहि हप्तामा ६ वटा नयाँ थप बसहरु संचालन गर्ने तयारी गरेको उनले जनाए । विगतमा म्याग्दी बेनी देखि काठमाडौं सम्मको आरामदायी यात्रा प्रदान गर्दै आइरहेको म्याग्दी कोरला यातायात प्रालीले यात्रुहरुको चाहना र मुस्ताङको मौसम अनुसार हिटर जडान भएको संचालक रोकायले बताए । आगामी केहि समय पछि सुपरडिलक्स अत्याधुनिक सुविधा भएका गाडी मार्फत पनि सेवा दिने लक्ष्य रहेको उनले जनाए । प्रा.ली.ले बेनी काठमाडौंका लागि ३० सिटको बस सेवा सञ्चालनमा यस अघि देखि ल्याएको छ।

एक यात्रुले १ हजार १ सय पोखरा देखि मुस्ताङ सम्मको यात्रामा तिर्नु पर्ने छ । साही शुल्कमा कफि, नास्ता र कोल्ड ड्रिङक्स लगायतका सेवा सुविधा यात्रुले पाउने प्रालीका सञ्चालकको भनाई छ । रोकाय सहित प्रकाश पौडेल, नगेन्द्र केसी, धन कुमार पुन, सुरज केसी, मोहन केसी र अर्जुन आचार्यको  उक्त प्रा.लि.मा संयुक्त लगानी रहेको छ । 



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?