Tuesday September 27, 2022

नेपालको मन्त्रीहरु बिशेस कामले बेलायत, एनआरएन युके अन्तरक्रिया गर्दै

१९ आश्विन, २०७५ बाचस्पति रेग्मी 4229


नेपालको मन्त्रीहरु बिशेस कामले बेलायत, एनआरएन युके अन्तरक्रिया गर्दै

शीतलपाटीन्युज डटकम।

लन्डन । नेपाल सरकारको बिविध काम र सभा सम्मेलनमा भाग लिन उपप्रधानमन्त्री एवं स्वास्थ्य मन्त्री उपेन्द्र यादव, वन मन्त्री (पुर्व गृहमन्त्री) शक्ती बस्नेत र संघिय समाजवादी पार्टीका केन्द्रीय उपाध्यक्ष अशोक राई यसै साता लन्डन आउनु हुने समाचार शीतलपाटीन्युज डटकमलाई प्राप्त भयको छ। अक्टोबर ९ र १० लन्डनमा हुने मानसिक स्वास्थ्य सम्बन्धि मन्त्रीस्तरीय विश्व सम्मेलनमा भाग लिन उपप्रधानमन्त्री यादव लन्डन आउने कुरा एनआरएन युकेका अध्यक्ष योग कुमार फगामी एवम महासचीव राज कुमार त्रीपाठीले बताउनु भयको छ।उहाहरुको भ्रमण कार्यक्रम मन्त्रिपरिषदले स्वीकृत गरिसकेकोले स्वागतका लागी तयारी रहेको उहाहरुले बताउनु भयको छ । 

यसै समयलाई सदुपयोग गर्दै बरिष्ठ मन्त्रीहरु र बरिष्ठ राजनितीज्ञहरुको बेलायत भ्रमणको अवसर पारेर बेलायतमा बसोवास गर्ने नेपालीहरुलाई हाल नेपालको संसदमा दर्ता भै छलफलमा रहेको नागरीकता निरन्तरता, ब्रिटीस गोरखाको पेन्सन र अन्य बिषयमा बेलायत बसोवास गरेका नेपालीहरुले सीधा प्रश्न सोध्न सक्ने गरी अन्तरक्रिया कार्यक्रमको तयारी एनआरएन युकेबाट गरेको जानकारी प्राप्त भयको छ । ११ अक्टुवर २०१८ को १८:३० बजे  द प्यालेस अल्डरसटमा हुने कार्यक्रमको ब्यापक प्रचारप्रसार गरीदिन र बेलायत बस्ने नेपालीले आफु उपस्थीत भयर फाईदा लीन एनआरएन युकेका अध्यक्ष योग कुमार फगामी र महासचीव राजकुमार त्रीपाठीले बिशेष अनुरोध गर्नुभएकोछ।

यसैबीच लन्डनस्थित नेपाली दूतावासले आगामी अक्टोबर १० तारिक बुधबार साँझ दूतावासमै एक सेमिनार कार्यक्रम आयोजना गरेको छ । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष समेत रहेका यादवले भ्रमणमा बेलायतस्थित पार्टी कार्यक्रममा पनि सहभागिता जनाउने उनको निजी सचिवालयले जनाएको छ । यसअघि दुईपटक उपप्रधानसहित परराष्ट्रमन्त्री भएका यादव संसदको तेस्रो ठूलो दलका नेता हुन् ।



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?