Saturday October 01, 2022

नोभेम्बरदेखि राजेश हमालले ‘को बन्छ करोडपति’ सञ्चालन गर्ने

१९ आश्विन, २०७५ शीतलपाटीन्युज डटकम 3272


नोभेम्बरदेखि राजेश हमालले ‘को बन्छ करोडपति’ सञ्चालन गर्ने

शीतलपाटीन्युज डटकम।

अन्तराष्ट्रिय रुपमैं लोकप्रियता हाँसिल गरेको कार्यक्रम सञ्चालन गरी महनायक राजेश हमालले नेपालीहरुलाई करोडपति बनाउने भएका छन् । भारतमा लोकप्रियता हाँसिल गरेको प्रतियोगिता मुलक कार्यक्रम ‘कौन बनेगा करोडपति’ हमालले नेपालमा सञ्चालन गर्न लागेका छन् । उक्त भारतिय कार्यक्रम नेपालीहरु बीच पनि लोकप्रिय रहेकाले आफूहरुले यसलाई नेपालमा सञ्चालन गर्न लागेको हमालले बताए । 

सन् १९९८मा बेलायतबाट  सुरु भएको विश्व प्रसिद्ध कार्यक्रम ‘हु वान्ट्स टु बी ए मिलिनेयर’ को नेपाली संस्करणको रुपमा ‘को बन्छ करोडपति’ नेपालमा प्रशारण हुन लागेको हो । अन्तराष्ट्रिय रुपमै लोकप्रियता हाँसिल गरेको बौद्धिक खेल कार्यक्रम ‘हु वान्ट्स टु बी ए मिलिनेयर’अहिलेसम्म विश्वका १६१ देशबाट फ्रेन्चाईजको रुपमा निर्माण भएका छन् । 

अभिनेता हमाललले भने, ‘अन्तराष्ट्रिय रुपमैं लोकप्रियता हाँसिल गरेको कार्यक्रमको सञ्चालक बन्न पाउँदा खुसी लागेको छ । को बन्छ करोडपतिले यसमा सहभागी हुने नेपालीहरुलाई बौद्धिकसँगै आर्थिक रुपमा पनि धेरै हदसम्म सबल बनाउने छ ।’ शिक्षासँग जोडिएको एउटा बौद्धिक कार्यक्रम भएकाले पनि यो कार्यक्रम सञ्चालन गर्न पाउँदा आफुलाई खुसी लागेको छ । बिहिबार राजधानीमा आयोजित पत्रकार भेटघाटमा उनले बताए । 

आयोजक पक्षले पत्रकार भेटघाटका क्रममा कार्यक्रममा सहभागी हुनका लागि दर्ता प्रक्रिया पनि सुरु गरिएको जानकारी गराईयो । सहभागी हुनका लागि केबिसी नेपाल मोवाईल एप्स डाउनलोड गरेर यसलाई घरमै बसेर पनि खेल्न सकिने पनि जानकारी गराइयो । नेपालीहरुलाई गेम खेलाउँदै आर्थिक रुपमा समृद्ध र अझ बौद्धिक बनाउन आयोजक विपिन कुमार आचार्यले आफूहरुले को बन्छ करोडपति सञ्चालन गर्न लागेको बताएका छन् । आउँदो मंसिरको पहिलो साताबाट एचडी च्यानल एपी वान टेलिभिजन मार्फत प्रतियोगिताको नेपाली संंस्करणको रुपमा केविसी नेपाल (को बन्छ करोड पति नेपाल) प्रशारण हुँदैछ ।  उक्त कार्यक्रम नोभेम्बरदेखि राजेश हमालले सञ्चालन गर्ने छन् । 



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?