Tuesday September 27, 2022

दशैंको मुखमा तलब नपाउँदा कर्मचारी आक्रोशित

२० आश्विन, २०७५ शीतलपाटीन्युज डटकम 2779


दशैंको मुखमा तलब नपाउँदा कर्मचारी आक्रोशित

शीतलपाटीन्युज डटकम।

विस २०७५ सालको बडादशैं नजिकिँदै गर्दा धेरैजसो कार्यालयका कर्मचारीको हात र खातामा पेस्कीसहितको तलब परिसकेको छ । 

तर शिक्षा विकास तथा मानव स्रोत केन्द्रका कर्मचारी भने ३ महिनादेखि तलब नपाउँदा रिसले चुर बनेका छन् । आजको नेपाल समाचारपत्रमा यो समाचार छापिएको छ । 

केन्द्रका २ सय ५० तथा एकाइ र अन्य निकायका १ सय १ गरी ४ सय ५१ कर्मचारीले तलब पाएका छैनन् । लतब नपाउनेमा महानिर्देशक र उपमहानिर्देशकसमेत छन् । 

केन्द्रले तलब खुवाउन कुनै पहल नै नगरेको कर्मचारीको आरोप छ । केन्द्रको यस्तो पाराले आफूहरुको दशैं नै खल्लो हुने उनीहरुको गुनासो छ ।



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?