Tuesday September 27, 2022

गाउँपालिकाको निर्णय हेलिकोप्टर कम्पनीले टेरेनन्

२० आश्विन, २०७५ शीतलपाटीन्युज डटकम 2260


गाउँपालिकाको निर्णय हेलिकोप्टर कम्पनीले टेरेनन्

शीतलपाटीन्युज डटकम।

अन्नपूर्ण बेस क्याम्पमा हेलिकोप्टरको व्यवसायिक उडानमा रोक लगाउने अन्नपूर्ण गाउँपालिकाको निर्णय हेलिकोप्टर कम्पनीहरुले अवज्ञा गरेको छन् । 

उनीहरुले निर्णयको अवज्ञा गर्दै शुक्रबार मात्र आठ पटक ओहोरदोहोर गरेका छन् । पोखरा विमानस्थलका अनुसार शुक्रबार भएका दुई उडान रेस्क्युका लागि र बाँकी छ उडान व्यवसायिक हुन् । 

पोखरा विमानस्थलका प्रवक्ता काशीनाथ पौडेलले सिम्रिक एयरका छ वटा व्यावसायिक र प्रभुका दुई वटा रेस्क्यु उडान भएको पुष्टि  गरेका छन् । आजको नयाँ पत्रिकामा समाचार छ ।

गाउँपालिकाले निषेध गरेको ठाउँमा किन उडान गरेको भन्ने जिज्ञासामा सिम्रिक एयरका सञ्चालक निर्देश सिद्धार्थजंग गुरुङले प्रतिक्रिया दिन मानेनन् । वन्यजन्तुको वासस्थान जाृगाउन र पर्यावरण जोगाउन पनि आपत्कालीनबाहेक उडान गर्न नदिने निर्णय भएको हो ।



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?