Saturday October 01, 2022

एनआरएन युकेले ५औ काउन्सील बैठक सफल पार्न सहयोग गर्ने सबैलाई धन्यवाद

२० आश्विन, २०७५ शीतलपाटीन्युज डटकम। 2786


एनआरएन युकेले ५औ काउन्सील बैठक सफल पार्न सहयोग गर्ने सबैलाई धन्यवाद

शीतलपाटीन्युज डटकम।

अल्डरसट, लण्डन।  गैह्र आवासीय नेपाली संघ युकेले आयोजना गरेको संस्थाको ५औ काउन्सिल बैठक भब्य रुपमा सफल भएको कुरा तपाईहरुको उपस्थीती र गरीयका कार्यक्रमले हो भन्ने हामीले महसुस गरेका छौ।कार्यक्रमको अध्यक्ष योग बहादुर फगामी, उपाध्यक्ष एवम कार्यक्रमको संयोजक पुनम गुरुङ, सदस्य जीव बेलबासे र सदस्य रोहित गुरुङ प्रति हार्दिक धन्यबाद प्राप्त भयको जानकारी गराउन चाहान्छौ। कार्यक्रममा प्रमुख अतिथि महामहिम दुर्गा बहादुर सुबेदी, बिशेष अतिथि एनआरएन आईईसी उपाध्यक्ष द्वय कुमार पन्त र कुल आचार्यज्युहरुको उपस्थीतीले कार्यक्रमको गरिमा अत्यन्त उच्च मुल्याड्गकन भै भावी योजनाहरु पनि तय भयकोले अत्यन्तै खुसी भयका छौ र काउन्सील बैठक सफल भयको ठानेका छौ ।

प्रमुख संरक्षकज्यु , संरक्षकज्युहरु,आईसीसी सल्लाहकार तथा सदस्यज्युहरु ,  कार्य समितिका साथीहरु, विभिन्न संघसस्थाका अध्यक्ष तथा महासचीबज्युहरु, पत्रकारमीत्रहरु उपस्थीत भै दिनु भयको योगदानको प्रशंसा गर्दछौ । एनआरएन युकेले भविष्यमा लीनु पर्ने बाटोको लागी तयार गर्नु भयको ११ बुदे घोषणा पत्र र  समितिका संयोजक नरेस खपांगी लगायत उपस्थित सम्पूर्ण मान्यवरहरुमा हार्दिक धन्यबाद दिन चाहन्छौ । सम्पुर्ण स्वयम सेवक साथीहरु, एम्पाएर हलका ब्यवस्थापक पुरन गीरी, सपन राइज्यु , स्वागतमा मंजु गुरुड राई लगायत सम्पूर्ण सहयोगीलाई हार्दिक धन्यबाद अनि आभार प्रकट गर्न चाहन्छौ। तपाइँहरुको सहयोगले नै आजको कार्यक्रम सफल भएको छ ।तपाइँहरुले दिनु भएको सल्लाहा, सुझाबहरुले भाबि कार्यनीतिको मार्ग निर्देशन गर्ने छ भन्ने सोचेका छौ। बेलायतस्थीत नेपाली संघसंस्थाहरुले एनआरएन युकेलाई सहयोग गरी बिदेसमा रहेका हामी नेपालीहरुलाई भाईचाराको सहयोग पुर्याउनु भयकोमा धन्यवाद दिदै एनआरएन युकेबाट सम्मानित हुनु भयको संस्थाहरु र संस्थाका पदाधीकारीहरुलाई बधाई र थप प्रगतिको कामना गर्न चाहान्छौ ।त्यस्तै केहि कारणबस सम्मान गर्न छुटेका सस्थाहरुलाइ हामी निकट भबिष्यमा सम्मान गर्नेछौ । एनआरएन भने कै युकेमा रहेका काउन्सील संस्था र अरु नेपाली संघ संस्थाहरु कै एउटा बलियो रुप हो र यसले बेलायत सरकार, नेपाल सरकार र नेपाली जनता बिच सेतु अथवा पुलको काम गरीरहने छ। 

एनआरएन युकेले गरेका धेरै कामहरु हाम्रा लागी, मातृभुमीसंग हामीलाई जोड्नका लागी ज्यादै महत्वपुर्ण र उल्लेखनीय कामहरु भयको कुरा हामी तपाईहरुलाई करतल ध्वनीका साथ भन्न चाहान्छौ । हाम्रो यो कार्यक्रम गर्ने प्रयासलाई यहाहरुले पुर्याउनु भयको आर्थीक सहयोग, भौतीक सहयोग र ब्यवस्थापन सहयोगको लागी सम्पुर्ण सहयोगीहरुलाई हृदय देखी धन्यवाद दिदै भविष्यमा अझै ससक्त र सुधारेर राम्रा योजना साथ प्रस्तुत हुने छौ । 

जय एनआरएन

योग कुमार फगामी

अध्यक्ष

पुनम गुरुड्ग

संयोजक एवम उपाध्यक्ष

राज कुमार त्रीपाठी

महासचीव

एनआरएन युके



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?