Wednesday December 01, 2021

सेवारो कलाकार संघ युकेमा पुनः दुर्गा पांङमाको नेतृत्व

६ असार, २०७५ शीतलपाटीन्युज डटकम । 1893



लण्डन। सेवारो कलाकार संघ युकेको तेश्रो अधिवेसनले पुनः दुर्गा पांङमालाई अध्यक्षमा चयन गरेको छ । गत सनिवार डिपकोट कम्युनिटी सेन्टर केम्वरलीमा भएको अधिवेसनले उपाध्यक्षहरुमा क्रमसः पुर्ण साउदेन ,विमला लिम्वु , भिम मादेन , युवराज इस्वो र रिता फोम्वोलाई चयन गरेको छ । त्यसै गरि महासचिवमा जय मादेम्वा, सचिवमा शान्ति खिम्दिङ , कोषाध्यक्षमा सानु सुव्वा र सहकोषाध्यक्षमा भक्ती आङदेम्वेलाई चयन गरेको छ भने हाक्पारे ,ख्याली विभागमा सुवर्ण नेम्वाङ र पदम सम्वाहाङफे , केलाङ (च्याव्रुङ) विभागमा कवित यक्सो , यालाङ (धान नाच) मा रिता फोम्वो र भक्ती आङदेम्वे र मुन्धुममा विरध्वज आङवोहाङ लिम्वुलाई जिम्मेवारी तोकिएको छ ।
निर्वाचन मण्डलको अध्यक्षमा संस्थापक अध्यक्ष काजीमान यक्सो , सदस्य सचिवमा लिला सेलिङमावो र सल्लाहकार डम्वर सिङगक सदस्य रहेका थिए । महासचिव विमला लिम्वुको सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष सानु सुव्वाको आर्थिक प्रतिवेदनलाई सर्व सम्मतले पारित गरिएको थियो । किरात याक्थुङ चुम्लुङका केन्द्रिय अध्यक्ष दिलसीं मेन्याङवोको प्रमुख आतिथ्यमा संपन्न उक्त अधिवेसनको पहिलो सत्रमा कलाकार रिता फोम्वो , दुर्गा पाङमा र भक्ती आङदेम्वेको संयुक्त एल्वम “इच्छिङमा” को विमोचन गरिएको थियो । कार्यक्रममा वोल्दै प्रमुख अतिथी मेन्याङवोले नया कलाकारहरुले जति सुकै राम्रो गीत ,संगीत , सव्द तथा दृष्य दिए पनि सांगीतक वजारमा भाउ नपाएको गुनासो पोखाउदै कलाकारहरु पनि संगठित हुन आवश्यक रहेको वताएका थिए । सोही अवसरमा हालसालै नया कृती तथा गीत (एलवम) निकाल्ने संघमा आवद्ध कलाकारहरुलाई पथाङ ओडाई सम्मान तथा वधाई पनि दिइएको थियो ।

वधाई तथा सम्मान पाउने कलाकारहरुमा सुवर्ण नेम्वाङ र नन्दशोभा नेम्वाङ (कुसङ साङलाङ) , दिलसी मेन्याङवो (दिलको श्रृजना),गौरीमाया साउदेन र पुर्ण साउदेन (इच्छिङ) र आसराज वोख्खिम हुन । कार्यक्रममा अध्यक्ष दुर्गा पाङमाले नया सदस्य वनेका कलाकारहरुलाई सिलाम साक्मा प्रदान गर्दै स्वागत गरेकी थिइन । कार्यक्रममा केवाईसी यूकेका उपाध्क्ष नगेन्दर नेम्वाड,किरात राई यायोख्खा संस्कृतिक मन्चका उपाध्यक्ष द्धव विनोद राई र निर्मला राई , किरात याख्खा छुम्माका उपाध्यक्ष वसुन्धरा राई , नेपाल आदीवासी जनजाती महिला संघ वरिष्ठ उपाध्यक्ष तथा केवासी थामेन्दिमा अध्यक्ष युमा लिम्वु, सस्थापक अध्यक्ष काजीमान याक्सो , सल्लाहकार तथा केवाइसी पुर्व अध्यक्ष डम्वर सिङगक , सल्लाहकार सुवर्ण नेम्वाङ, कलाकार भक्ती आङदेम्वे लागतयले सुभकामना मन्तव्य व्याक्त गरेका थिए ।

सो दिन विहानै किरात परम्परा अनुसार यक्वा पुजा अर्थात (उभौली) पुजा समेत सम्पन्न गरिएको थियो । पुजारी विरध्वज आङवोहाङले पुजा पश्चात सवैलाई आशिर्वचन प्रदान गरेका थिए । कार्यक्रममा उपाध्यक्ष पुर्ण साउदेनले स्वागत गरेको सो कार्यक्रममा या लाङ, हाम्पारे तथा के लाङ पनि प्रस्तुत गरिएको थियो ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?