Friday September 20, 2019

घटस्थापना यस वर्ष शुभ मुर्हूत यस्तो छ

२३ आश्विन, २०७५ शीतलपाटीन्युज डटकम । 1529


घटस्थापना यस वर्ष शुभ मुर्हूत यस्तो छ

शीतलपाटीन्युज डटकम।
महान पर्व बडादशैंको उल्लास सुरु भइसकेको छ । यस वर्षको असोज २४ बाट नौरथा सुरु हुँदैछ । नौरथामा नौ दिनसम्म दूर्गा भवानीको पूजा उपासना गरिन्छ ।

हिन्दू धर्माबलम्बी भक्तजनहरुले यी नौ दिनमा आफ्नो घरमा घटस्थापना गरी अखण्ड ज्योति स्थापना गरेर नौ दिनको उपवास राख्छन् ।

यसपालि नवरात्रमा घटस्थापना एवं अखण्ड ज्योति प्रज्ज्वलनको शुभ मुहुर्त कहिले छ त ?

बिहान सवा ६ बजेदेखि सवा नौ बजेसम्म

बिहान पौने ११ देखि सवा १२ बजेसम्म

बेलुका पौने पाँचदेखि सवा ६ बजेसम्म

कलश स्थापना कसरी गर्ने ?

पूजास्थलमा माटोको वेदी बनाएर त्यसमा जौँ, गहुँ छर्नुहोस् । फेरि त्यसमा कलश राख्नुहोस् । त्यसमाथि दूर्गा भवानीको मूर्ति प्रतिष्ठा गर्नुहोस् ।

मूर्ति यदि माटो वा कागजको छ भने विचार पुर्याएर नबिग्रने गरी राख्नुहोस् वा कलशमा स्वस्तिकको चिह्न बनाएर दूर्गा भवानीको चित्र र शालीग्राम विराजमान गरेर भगवान विष्णुको पूजा गर्नुहोस् ।

दूर्गासम्पशतीको पाठ गर्नुहोस् ।
नवरात्रको आरम्भमा स्वस्तिक वाचन शान्तिपाठ गरेर संकल्प लिनुहोस् र प्रथम पुज्य भगवान श्रीगणेशको पूजा गरेर मातृका, लोकपाल, नवग्रह वा वरुणको विधिअनुसार पूजा गर्नुहोस् । उत्तर वा पूर्व दिशातिर फर्किएर पूजा गर्नुहोस् ।

यसपछि मुख्य मूर्तीको षोडशोपचार पूजा गर्नुहोस् । दुर्गा देवीको आराधना अनुष्ठानमा महाकाली, महालक्ष्मी र महासरस्वतीको पूजा तथा मार्कण्डेयपुराण अन्र्तगत निहित श्री दुर्गा सप्तशतीको पाठ नौ दिनसम्म गर्नुहोस् ।

यी कुरामा विचार गर्नुहोस्।
यस क्रममा सम्भव भएसम्म अखण्ड दीप बाल्नुहोस् । यदि बत्ति घिउमा बाल्नुभएको छ भने त्यसलाई दुर्गाको मूर्तिको दाँयातर्फ राख्नुहोस् र यदि बत्ती तेलको बाल्नुभएको छ भने त्यसलाई मूर्तिकाे बाँयातर्फ राख्नुहोस् ।
( अनलाइन खवर)
 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?