Saturday February 22, 2020

रसिया पठाउने भन्दै ४५ लाख ठगी

२५ आश्विन, २०७५ शीतलपाटीन्युज डटकम 1347


रसिया पठाउने भन्दै ४५ लाख ठगी

शीतलपाटीन्युज डटकम।

रसिया लगेर कृषि फार्ममा जागिर लगाईदिने भन्दै ३१ जनालाई ठगी गर्ने तीन जना पक्राउ परेका छन् । 

नेपाल प्रहरीको केन्द्रिय अनुसान्धान ब्युरो (सिआइबी)ले ललितपुरका राजु तामाङ, ज्ञान गोविन्द बैद्य र सिन्धुपाल्चोकका जगत बहादुर श्रेष्ठलाई पक्राउ गरेको समाचार आजको नयाँ पत्रिकाको पृष्ठ ३ मा छापिएको छ । 

उनीहरुले ३१ जनासँग ४५ लाख रुपैयाँ ठगी गरेको सिआइबीले जनाएको छ । पक्राउ परेकामध्ये राजु नाइके हुन् । उनी रसयिा बस्दै आएका छन् । 

उनले रसियाको गाजेस्थानमा आफ्नो कृषि फार्म रहेको भन्दै त्यसबाट ८३ वटा डिमान्ड लेटर बनाएका थिए । त्यो नक्कली भएको प्रहरीले जनाएको छ । 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?