Thursday October 01, 2020

かついた」勤務中に爆破予告

२९ असार, २०७५ शीतलपाटीन्युज डटकम। 1331



रेडीड्ग , लण्डन। रेडिंग नेपाली कम्युनिटी एसोसियेसन ( GRNCA ) द्वारा गत केहि बर्ष देखी नियमित रुपमा मनाईँदै आएको भानु जयन्ति कबिता प्रतियोगिता यस बर्ष पनी यहि जुलाई १४ तारिखको दिन स्वतन्त्र कबिता बाचन तथा कबिता प्रतियोगिताका साथ मनाऊन लागिएको छ । रेडिंग नेपाली समाजले गत २०१५ साल देखी नियमित रुपमा मनाऊन शुरु गरेको यो कार्यक्रमलाई आफ्नो बार्षिक क्यालेन्डरमा राख्नुका साथै भानु जयन्तिलाई कबिता प्रतियोगिताको रुपमा मनाऊँदै आएको छ ।  GRNCA ले २०१६ सालमा ग़ैर आबासिय नेपाली संगठन बेलायत (NRNA UK ) को भाषा साहित्य बिभागसंग सहकार्य गर्दै मनाएको थियो भने गत बर्ष साहित्य संगम यु के संग सहकार्य गर्दै संयुक्त रुपमा मनाएको थियो । यस बर्ष पनी GRNCA र साहित्य संगम युकेले भानु जयन्ति संयुक्त रुपमा नै मनाऊनको लागी रेडिंग नेपाली समाज र साहित्य संगम युकेले एक संयोजक समिती पनी गठन गरिसकेको  छ । संयोजक ओमकार अधिकारीका अनुसार यस पटक पनी स्वतन्त्र रुपमा कबिता प्रतियोगिता आयोजना गरिने छ जस्मा दुई ऊमेर समुहमा छुट्टा छुट्टै पुरस्कार र प्रमाणपत्रको पनी ब्यबस्था गरिएको छ । 


१८ बर्ष मुनीका र १८ बर्ष माथीका गरि छुट्टा छुट्टै समुहमा बिभाजन गरिएको कविता प्रतियोगितामा भाग लिने सबैको लागी सहभागिताको प्रमाणपत्र प्रदान गरिने छ भने  उत्कृष्ट ठहरिएका दुबै समुहका पाँच पाँच जनाको लागी पुरस्कारको पनी ब्यबस्था गरिएको छ । 

यहि July १४ तारीख़ दिऊसो १२ बजे देखी रेडिंग स्थित The Warehouse सभाहलमा आयोजना गरिएको उपरोक्त कार्यक्रममा यहाँहरु सबैको सक्रिय सहभागिताको लागी रेडिंग नेपाली समाज र साहित्य संगम युके हार्दिक बिनम्र अनुरोध गर्दछ । 

कबिता पठाऊने ठेगाना :- [email protected]
कबिता पठाऊने अन्तिम मिती :- १३July २०१८ 
यदि यहाँहरु सोही दिन आँफ्नो कबिता लिएर आँऊदै हुनुहुन्छ भने पनी कृपया हामीलाई जानकारी गराऊनु होला । कबिता स्वतन्त्र रुपमा कुनै पनी बिषयमा लेख्न सकिने छ ।
तर कुनै पनी धर्म जाती र समुदाय अथबा ब्यक्ति बिशेषको आस्थामा ठेस पुर्याऊने गरी प्रतक्ष्य रुपमा गाली गलोच वा अपशब्द प्रयोग नगर्नु हुन पनी हार्दिक बिनम्र अनुरोध गरिन्छ ।

पुनश्च:- यहाँहरु सबैलाई कबिता गोष्टीमा पाल्नुहुन हार्दिक निमन्त्रणा छ । कबिता प्रतियोगितामा भाग लिन मात्र नभएर , अप्रतियोगि कबिता पाठ गर्न, सुन्न वा सुनाऊन पनी यहाँहरु सबैलाई कार्यक्रममा ऊपस्थित भएर हामिलाई हौँसला प्रदान गरिदिनुहुन पनी हार्दिक बिनम्र  अनुरोध छ । धन्यवाद 

प्रार्थी 
ओमकार अधिकारी 
संयोजक




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?