Sunday August 14, 2022

नेपालमा स्वास्थ्य सेवाको बिकास बारे नेपाली राजदुताबासमा कन्फरेन्स सम्पन्न

२५ आश्विन, २०७५ शीतलपाटीन्युज डटकम। 53863


नेपालमा स्वास्थ्य सेवाको बिकास बारे नेपाली राजदुताबासमा कन्फरेन्स सम्पन्न

शीतलपाटीन्युज डटकम।
क्यानिस्टीन प्यालेस गार्डेन, लण्डन। प्रमुख अतिथी नेपालका उपप्रधानमन्त्री एवम स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादव तथा बिशेस अतिथी वन तथा वातावरण मन्त्री शक्ति बस्नेत सँग बेलायतमा कार्यरत नेपाली डाक्टर, नर्स एवम स्वास्थ्यकर्मीहरुको स्वास्थ्य छेत्रको नेपाल बिकास सेमिनार नेपाली राजदुतावास लण्डनमा भब्य रूपमा सम्पन्न भएको छ।

मानसीक रोग निवारण बिश्व  सम्मेलनमा बेलायत आएका बखत उपप्रधानमन्त्री एवं स्वास्थ्य मन्त्री यादव एबम वन तथा वातावरण मन्त्री बस्नेत लन्डनस्थित नेपाली दूतावासमा बुधबार साँझ दूतावासले आयोजना गरेको सेमिनारमा सहभागी भएका हुनु भयको हो ।

बेलायतका लागी महामहिम नेपाली राजदुत डा दुर्गा बहादुर सुवेदीले अध्यछता गर्नु भयको र डिपुटी चीफ अफ मीसन शरद राज आरनले संचालन गर्नु भयको कार्यक्रममा उपप्रधानमन्त्री यादवले सरकारले विकास र समृद्धिका लागि काम गरिरहेको दाबी गर्दै सहयोग गर्न प्रवासमा रहेका नेपालीलाई अपिल गर्नु भयो। कार्यक्रममा बेलायतका लागि नेपाली राजदूत महामहीम डा. दुर्गाबहादुर सुवेदीले उपप्रधानमन्त्री यादव एबम बन मन्त्री बस्नेत लाई भब्य स्वागत गर्नु भयको थियो ।

कार्यक्रममा स्वागत मन्तव्य दिदै बेलायतका लागि नेपाली राजदूत डा  सुवेदीले नेपालको स्वास्थ्य क्षेत्रको विकासका लागि बेलायत सरकार तथा यहांस्थित विभिन्न संस्थाहरुबाट हुन सक्ने सहयोग तथा सहकार्यका सम्भावनाहरु पहिचान गर्ने उद्धेश्यले कार्यक्रम आयोजना गरिएको बताउनु भयको थियो। कार्यक्रममा नेप्लिज डक्टर्स एशोसिएसन यूकेका अध्यक्ष डा सविन जोशीले बेलायतको स्वास्थ्य सेवा सफल संचालन हुनुको कारण प्रष्ट पार्नु भयको थियो भने नर्सिङ् एशोसिएसन युकेकी अध्यक्ष प्रसुना कंडेलले स्वास्थ्य सम्बन्धि सम्बोधन गरेकी थिइन। चीकीत्सा छेत्रमा नेपालीहरू कम्पीटेन्ट रहेको र च्यारीटी गरेर पनि नेपाललालाई सहयोग गरेको अध्यछ्य कडेलले बताइन ।
कार्यक्रममा , सर्बोच्च अदालत काठमाण्डौका न्यायधीस सुर्य मोहन भट्टराई, दुतावासका कर्णेल कुमार बहादुर थापा, थर्ड सेक्रेटरी भुपेन्द्र घीमीरे, ऐटेची तेजेन्द्र रेग्मी लगायत बेलायती डाक्टरहरूले प्रस्तुतीकरण गरेका थिए। बरिष्ठ समाजसेवि डा राघव धिताल, डा लछ्मण पौडेल, एन आर एन युकेका उपाध्यछ्य शेर बहादुर सुनार, एनआरएनए यूके महासचिव आरके त्रिपाठी,बेलायती नेपाली काउन्सीलर बच्चु कैलास कैनी, यतीका महासचीव बाचस्पति रेग्मी, बेलायत बसोबास र सेवा गरेका डाक्टर, नर्स, नेपाली व्यवसायी, समाजका अगुवा, सञ्चारकर्मीमा बिबिसी नेपाली सेवाका भगीरथ योगी, कान्तीपुरका नवीन पोखरेल, लण्डन नेपालका शीव भण्डारी,नेपालीपत्रका ध्रुवराज अर्याल, प्रेष युनीयनका बिपीन निरौला लगायतको उपस्थिति रहेको र भब्य  सम्पन्न भयको थियो।



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?