Friday September 20, 2019

लण्डन दुताबासमा बिजया दशमीको शुभकामना आदानप्रदान भब्य मनाईयो

२७ आश्विन, २०७५ बाचस्पति रेग्मी 2054


लण्डन दुताबासमा  बिजया दशमीको शुभकामना आदानप्रदान भब्य मनाईयो

शीतलपाटीन्युज डटकम।

लण्डन । नेपाली राजदूतावास लण्डनमा शुक्रवार साँझ बिजया दशमी २०७५ को शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भयको छ ।पुजा हुदै गरेको विजया दशमी, शुभ दीपावली,  छठपर्व तथा नेपाल संवतको अवसर पारेर सो कार्यक्रमको आयोजना गरिएको कुरा महामहिम राजदुत डा दुर्गा बहादुर सुबेदीले बताउनु भयको छ।

शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्वोधन गर्दै उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव, वन तथा वातावरण मन्त्री शक्ति बस्नेत, संघीय समाजबादी दलका बरीष्ठ नेता अशोक राईले नेपालमा सांस्कृतिक, जातीय, भाषिक, भौगोलिक विविधता रहेको बताउँदै यी विविधताको बीचमा नेपालमा एकता रहेको बताउनु भयको छ। उहाहरुले नेपालमा भएका विभिन्न राजनैतिक परिवर्तनको परिणाम संघीय संविधान भएको बताउदै नयाँ सोचका साथ नयाँ अध्याय शुरु भएको बताउँदै नया मोडेलका साथ अगाडि बढ्नु पर्ने बेला आएको बताउनु भयकोछ।

त्यस्तै कार्यक्रममा नेपालमा विभिन्न राजनैतिक व्यवस्थापनको लागि लामो समयसम्म बेथित भएको स्मरण गर्दै अब राजनीतिक व्यवस्थापन भइसकेको बताए । उहाहरुले राजनैतिक व्यवस्थापन सँगै आर्थिक विकास गरेर जनतालाई त्यसको अनुभूति दिनु आजको आवस्यकता रहेको बताए ।

नेपालबाट उपप्रधानमन्त्री यादव समेत बेलायत भ्रमणमा रहदा वेलायतस्थित समुदायको धेरै नेपालीलाई उपस्थिति गराई वेलायतमा नेपाल छ भन्ने अनुभूति दिने गरी नेपाली समुदायलाई दूतावास भवनमा निम्तो दिएर शुभकामना आदनप्रदान गर्ने अवसर दिएकोमा दूतावास प्रति कार्यक्रममा बोल्दै संघीय समाजवादी फोरमका वरिष्ठ नेता अशोक राईले आभार व्यक्त गरे ।

सर्वोच्च अदालतका न्यायधीश आनन्द मोहन भट्टराईले शुभकामना मन्तव्य दिँदै नेपालमा सात वटा संविधान बनिसक्दा पछि मुलुकी ऐन संसोधन हुन सकेको थिएन्, मुलुकी एेनका धेरै दफा जरुरी थीयन। अहिले सबै पक्षको सहयोगबाट विस्तृत कानूनी संरचना बनाउन सफल भएको जनाए ।

कार्यक्रममा उपस्थित पाहुना र अतिथिहरुलाई स्वागत गर्दै बेलायतका लागि नेपाली राजदूत डा. दुर्गा बहादुर सुवेदीले चाडपर्वले नेपालीहरुलाई सामाजीक एकता र विविधता बीचको एकता कायम गर्ने विचार ब्यक्त गरे ।

कार्यक्रममा प्रोफेसर सूर्य सुवेदी, गायिका मिरा राणा, म्युजिक नेपालका प्रमुख सन्तोष शर्मा, गैरआवासीय नेपाली संघ यूकेका अध्यक्ष योग कुमार फगामी , उपाध्य़क्षहरु पुनम गुरुड्ग, शेर बहादुर सुनार, प्रेम बहादुर गाहा, महासचीव राज कुमार त्रीपाठी, साहारा युके अध्यक्ष मीन गुरुड्ग, मगरसंघ युके अध्यक्ष नेम थापा, नेपाल साहित्य बिकास परिषद अध्यक्ष कोमल मल्ल, डिपुटी चीफ अफ मीसन शरदराज आरण, तृतीय सचीव भुपेन्द्र घिमीरे, एटेची तेजेन्द्र रेग्मी , कर्णेल कुमार बहादुर थापा , बेलायतस्थीत पत्रकारहरु लगायत सामाजीक अभीयन्ता र गन्यमान्यहरुको उपस्थिति थियो । 

सो कार्यक्रममा सगरमाथा आरोही निर्मल पुर्जालाई सम्मान गरिएको थियो भने सयपत्री सांस्कृतिक परिवारले विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेको थियो ।कार्यक्रममा गायिका मिरा राणाले विभिन्न गीत प्रस्तुत गरेर मनोरञ्जन दिलाएकी थिईन् । नेपाली दूतावास लण्डनले हरेक वर्ष नेपाली समुदायका प्रतिनिधिहरुको उपस्थितिमा चाडपर्व मनाउँदै आएको छ ।

भीडियो मीलन तमु गुरूङ:

 

H.E. Dr. Durga Bahadur Subedi, Ambassador of Embassy of Nepal London, UK.

Posted by Milan Tamu Gurung on Saturday, October 13, 2018

 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?