Saturday October 23, 2021

आइजीपी खनालद्वारा बढुवा डिआईजीपीहरुलाई दर्जानी प्रदान

२९ आश्विन, २०७५ बाचस्पति रेग्मी 3264


आइजीपी खनालद्वारा बढुवा डिआईजीपीहरुलाई दर्जानी प्रदान

शीतलपाटान्युज डटकम।

गतहप्ता बढुवाको शीफारीसमा परेका ११ जना प्रहरी बरिष्ठ उपरीक्षकहरुको बढुवा स्वीकृत भएको छ । प्रहरी बरिष्ठ उपरिक्षकहरुलाई आइतबार बसेको गृह मन्त्री स्तरको बैठकले प्रहरी नायव महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको हो ।

बढुवा भयका प्रहरी अधिकृतहरुलाई प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी बरिष्ठ उपरीक्षकबाट प्रहरी नायव महानिरीक्षक पदको दर्ज्यानी चिन्ह प्रदान गर्नु भयको थियो। प्रहरी प्रधान कार्यालयमा आयोजित एक समारोहकाबीच उनीहरुलाई प्रहरी प्रमुख खनालले दर्ज्यानी चिन्ह प्रदान गर्नु भयको हो।

बढुवा हुनेमा प्रहरी नायव महानिरीक्षकहरुमा बिनोद शर्मा घिमिरे, बिकाश श्रेष्ठ, ठाकुरप्रसाद ज्ञवाली, पूर्णचन्द्र जोशी, तारणीप्रसाद लम्साल, शैलेश थापा क्षेत्री, हरिबहादुर पाल, निरजबहादुर शाही, प्रद्युम्नकुमार कार्की, हरिभक्त प्रजापती र सुर्यप्रसाद उपाध्याय रहेका छन् ।

सो अवशरमा आईजीपी खनालले उनीहरुलाई बधाई तथा शुभकामना दिदै प्रहरी अव शसक्त हुने राय व्यक्त गर्नु भयको थियो।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?