Friday September 20, 2019

ग्रेटर रीडीङ नेपाली कम्युनीटी एसोसीयसनको दशैं धमाका

१ कार्तिक, २०७५ शीतलपाटीन्युज डटकम। 1788


ग्रेटर रीडीङ नेपाली कम्युनीटी एसोसीयसनको दशैं धमाका

शीतलपाटीन्युज डटकम।

रीडीड्ग, लण्डन।ग्रेटर रेडिंग नेपाली समाज ( GRNCA ) ले सदा झैँ यसपाली पनी बिबिध कार्यक्रमहरुका साथ बिजया दशमी २०७५ मनाएको छ। यहि १४ अक्टूबर २०१८ मा आयोजना गरिएको कार्यक्रम स्थानीय सभाकक्षमा बेलुका ६ बजेबाट ११ बजेसम्म मनाईएको थियो । 

नेपाली राष्ट्रीय गानको साथमा शुरु गरिएको दशैँ कार्यक्रममा सभापतीको आशनबाट संस्थाका उपाध्यक्ष भिमसेन खड्काले आगन्तुक सबैलाई सँस्थाको तर्फबाट दशैँको शुभकामनाका साथ स्वागत तथा धन्यबाद ज्ञापन गर्नु भएको थियो । 

कार्यक्रमको शुरुमै अहिले सम्मकै नौलो तथा फरक प्रस्तुती स्थानीय बालबालिकाहरुको टेलेन्ट सो प्रदर्शन  गरिएको थियो । यो कार्यक्रमको संयोजन कोरीयोग्राफर तथा कार्यसमिती सदस्य सिद्दान्त घिमिरेले गर्नु भएको थियो भने टेलेन्ट सोको निर्यायक मण्डलमा सँस्थाका ऊपाध्यक्ष यादब श्रेष्ठ , सदस्य बिक्रम श्रेष्ठ र पुर्ब मिस युके रनर अप तथा कलाकार सपना श्रेष्ठ हुनुहुन्थ्यो । जीआरएनसीए टेलेन्ट सो २०१८ नाम दिएको ऊक्त प्रतियोगिताको पहिलो चरणमा परिचय तथा क्याट वाक थियो भने दोस्रो चरणमा प्रस्न उत्तरको प्रस्तुती देखाईएको थियो । निर्णायक मण्डलबाट पालैपालो सोधिएका प्रश्नको उत्तरको आधारमा प्रलिसा तामांग GRNCA टेलेन्ट अफ द इयर २०१८ घोषीत भईन भने फस्ट रनर अप (First Runner up) शुभा शाहि र सेकेन्ड रनर अप (second runner up)कृपा खड्का भएका थिए । त्यस्तै best frendly - राफा घिमिरे , best discipline र best  dressed-up शुहाना पराजुली , best cat- walk शुभा शाहि , most unique आरुस थापा , best hair style रेहा पण्डित , best photogenic सिम्रिक गुरुंग , Most cute अल्पा थापा ,  Most punctual प्रकृति थापा र Best Smile मा रोएमी रानाले पुरस्कार तथा प्रमाण-पत्र प्राप्त गरेका थिए। 

बिजेता सबैलाई सँस्थाकी कार्यबाहक अध्यक्ष सुसिला गुरुंगको अगुवाईमा संपुर्ण कार्यसमिती सदस्यहरुका साथ संस्थाका सल्लाहकारहरु अर्जुन बस्नेत , बिश्ब आदर्श पण्डित , ज्ञानराज राई र राम गलामी सहित सबैले संयुक्त रुपमा पुरस्कार तथा प्रमाणपत्र बितरण गरिएको थियो । 

कार्यक्रमको बिच बिचमा साँगितिक प्रस्तुतिका साथ नेपाल देखी आऊनु भएका कलाकार द्वय सुसिला गौतम र तुलसी पराजुलीले आ-आफ्ना गितहरुका साथ दर्शकहरुलाई नचाऊनु भएको थियो । दशैँ- शुभकामना साँझ नाम दिईएको उक्त कार्यक्रममा Talent Show मा भाग लिएका स-सना नानीहरु राफा घिमिरे र शुभा शाहिले पनी नृत्य प्रस्तुत गरेका थिए । सँस्थाका सदस्य होम रानाले पनी आफ्नो गित र नृत्यले मनोरँजन प्रदान गर्नु भएको थियो । 

स-सना बालबालिकाहरुको प्रतिभा प्रस्फुटन गर्ने काममा Talent Show निकै प्रभाबकारी भएको र संपुर्ण दर्शक र अभिबाबकहरुले निकै उत्सुकताका साथ अबलोकन गरेको देख्न पाऊँदा सबैले खुसि ब्यक्त गरेका थिए र यस्ता खालका कार्यक्रम हरुको निरन्तरता हुनु पर्नेमा सबैको जोड रहेको देखियो । 

खाता,आसन ग्रहण  र भाषणमा कत्ति पनी समय दुरुपयोग नगरीएको समग्र कार्यक्रमको सबैले प्रसंसा गरेका थिए । 

 

अन्त्यमा स्थानिय Dj डायमण्डको  प्रस्तुतीमा सामुहमा नाच प्रस्तुत गरिएको थियो।कार्यक्रम सफल बनाऊन सँस्थाकी कार्यबाहक अध्यक्ष सुसिला गुरुंग , उपाध्यक्षहरु भीमसेन खड्का , यादव श्रेष्ठ,धन बहादुर राना मगर र दीपक गुरूंग लगाएत कोषाध्यक्ष टेक गुरूंग , सह कोषाध्यक्ष चेत रेगामी , महासचिब ओमकार अधिकारी , सचिब ईमान सिंग राई , र सदस्यहरु कल्पना पण्डित, बिक्रम श्रेष्ठ, तुलबहादुर गुरूंग , होम राना , नबराज पराजुली र कृष्ण आचार्यको बिशेष भूमिका रहेको कुरा संयोजक घिमिरेले जानकारी दिनु भयो । 

 कार्यक्रमको संयोजन सँस्थाका सदस्य तथा कोरियोग्राफ़र   सिद्धान्त घिमिरेले गरेका थिए भने कार्यक्रम संचालन सँस्थाका महासचिब ओमकार अधिकारीले गरेका थिए।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?