Saturday October 23, 2021

युके डान्स अफ २०१८ भब्य, बिदेसमा सास्कृतिक कोशे ढुड्गा

१ कार्तिक, २०७५ बाचस्पति रेग्मी 3251


युके डान्स अफ २०१८ भब्य, बिदेसमा सास्कृतिक कोशे ढुड्गा

शीतलपाटीन्युज डटकम।

अल्डरसट, लण्डन । "यूके डान्स  अफ २०१८" को  उपाधि रजनी गुरुङले जीतेकी छन्। अल्डरसटको प्रिन्सेस हलमा आइतबार सम्पन्न प्रतियोगिताको फाइनलमा १२ प्रतिस्पर्धीमा सबैलाई पछि पार्दै उनले सो उपाधि जितेकी हुन।  प्रतियोगितामा बेनुका लिम्बु दोस्रो भयकी छन् भने सिर्जना रायमाझी तेस्रो भएकी छन् ।

कार्यक्रममा बेलायतका लागी नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदी, यूके डान्स अफका प्रमुख सल्लाहकार सुर्य गुरुङ, कानुनी सल्लाहकार राजु थापा, एनआरएन यूके अध्यक्ष योगकुमार फगामी, तमुधी यूके अध्यक्ष ज्ञाम गुरुङ, बिजिडब्लुएसका अध्यक्ष री मे टिकेन्द्रदल देवान, कार्यक्रमका मुख्य प्रायोजकहरु कमल गुरुङ र पुनम गुरुङ, साहारा युकेकी फस्ट लेडी शारदा गुरुड्ग, बुद्ध फाउण्डेसन यूके अध्यक्ष दिपक श्रेष्ठ, पत्रकार महासंघ बेलायत अध्यक्ष नरेश खपांगी मगर र सपन कुमार राई लगायतले बेलुन काटेर र दिप प्रज्वलन गरेर संयुक्त रुपमा उदघाटन गरेका थिए ।

विजेता गुरुङलाई एनआरएनए युकेकी उपाध्यक्ष पुनम गुरुङ र कमल गुरुङ, एनआरएनए युकेका संरक्षक सूर्य गुरुङ, प्रतियोगिताका आयोजक सपनकुमार राई र मञ्जु गुरुङ ,कानुनी सल्लाहकार राजु थापाले,नगद पुरस्कार, प्रमाणपत्र र मेडल प्रदान गरेका थिए। प्रतियोगितामा निर्णायकहरु नायिका मिरुना मगर, युके डान्स अफकी पूर्व विजेता जेनी सुनुवार र पर्चा प्रोडक्सनका समिर गुरुङ थिए भने नेपाल आइडलका विजेता बुद्ध लामा पनि अतिथि निर्णायक थिए ।

समारोहमा शुभकामना मन्तब्य ब्यक्त गर्दै  बेलायतका लागि नेपाली राजदूत डा.दुर्गाबहादुर सुवेदीले प्रवासमा नेपालीहरुले एकताको सन्देश फैलाउदै नेपाली कला सँस्कृतिको जगेर्ना र भावी पुस्तामा हस्तान्तरण गर्दै नेपाली भएर बाँच्न र नेपाली भएर मर्न पनि सबैलाई यस्ता कार्यक्रमले सहयोग पुर्याउने बताए।। गैरआवासीय नेपाली संघ युकेका अध्यक्ष योगकुमार फगामीले यस्ता प्रतियोगिताले बेलायतमा रहेका युवा पुस्ताको प्रतिभा उजागर गर्न महत्वपूर्ण सहयोग गर्ने बताए । सपन इन्टरटेनमेण्टको आयोजनामा भएको सो कार्यक्रमको सभापतित्व कलाकार सपनकुमार राईले गरेका थिए भने स्वागत मन्तब्य मञ्जु गुरुङले गरेकी थिइन।

 सूर्य गुरुङ र दिनेश रोकाले कार्यक्रम संचालन गरेका थिए। प्रतियोगितको मुख्य स्पोन्सर कमल गुरुङ र पूनम गुरुङ, प्रथम पुरस्कार स्पोन्सर रवि लामिछाने, दोस्रो पुरस्कार नमूना हेयर सैलुन र तेस्रो पुरस्कार एनआरएनए युकेले गरेको थियो । प्रतियोगितामा सहभागी, स्पोन्सर, मिडिया पार्टनरहरुलाई प्रसंशापत्र वितरण गरिएको थियो ।

पत्रकारहरुमा  एफएनजेका अध्यक्ष नरेस खपाड्गी मगर, फोटो ग्राफर मीलन तमु गुरुड्ग, एभरेष्ट टाइम्स अनलाईनका एस के गुरुड्ग, एफएनजेका सचीव पुर्ण गुरुड्ग, शीतलपाटीका बाचस्पति रेग्मी, बिबिएम वरल्डका बिशन गुरुड्ग, हेव अ मुमेन्टका नविन गुरुड्ग थिय भने  प्रतियोगितामा दिप्सन घले, सुष्मिता गिरी, निशा गुरुङ, रजनी गुरुङ, शुभेच्छा गुरुङ, बेनुका लिम्बु, सलिना थापामगर, शुभेच्छा भारती मगर, श्रेया महर्जन, रीता पुन, सिर्जना रायमाझी र ओसिन लिम्बुले भाग लीई नाचेर नेपाल झल्काएका  थिए ।बिदेशमा करिब ५०० दर्शक उपस्थीत रहेको सो कार्यक्रम नेपाल आइडल बुध्द लामाको प्रस्तुतीले नेपाली कला भरियको र कोशेढ्ड्गा बन्दै गयको देखीयको थियो ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?