Saturday October 01, 2022

यती नेपाली एसोसीयसन युकेको अधीवेसन ९ डिसेम्वरमा, निर्वाचन संयोजक राज कुमार त्रिपाठी , पुर्व प्रधानमन्त्री माधन नेपाल प्रमुख अतिथी

५ कार्तिक, २०७५ बाचस्पति रेग्मी 36762


यती नेपाली एसोसीयसन युकेको अधीवेसन ९ डिसेम्वरमा, निर्वाचन संयोजक राज कुमार त्रिपाठी , पुर्व प्रधानमन्त्री माधन नेपाल प्रमुख अतिथी

शीतलपाटीन्युज डटकम।

लण्डन । बेलायत तथा यरोप कै सबैभन्दा पुरानो संस्था यती नेपाली एसोसीयसन युकेको अधीवेसन आगामी ०९ डिसेम्वर २०१८ का दिन हेरो स्थीत गोल्डेनसीप रेष्टुरेन्टमा हुने भयको छ। अध्यक्ष ससीधर नेपाल र महासचीव बाचस्पति रेग्मीका अनुसार केही समय अघी बसेको कार्यसमीतीको बैठकबाट यती नेपाली एसोसीयसनको नया कार्यसमीती चयनका लागी गैह् आवासीय नेपाली संघ युकेका महासचीव राज कुमार त्रिपाठीको संयोजकत्वमा ३ सदस्यीय निर्वाचन समीती गठन गरेको कुरा जानकारी गराउनु भयको छ। एक जना सदस्यमा सीध्दार्थ बिक्रम क्षत्री र अर्को सदस्यमा संयोजक त्रीपाठीले नै मनोनीत गर्ने गरी अधीकार प्रत्यायोजन गरीयको जनाईएको छ।

निर्वाचन समीतीले निकट भविष्यमा यती नेपाली एसोसीयसन युकेको कार्यसमीती संग छलफल गरी बृहत निर्वाचन कार्यतालीका प्रकाशीत गरीने निर्वाचन संयोजक आरके त्रिपाठीले बताउदै यती नेपाली एसोसीयसन युकेको सदस्यता लीन अनुरोध गर्नु भयको छ।

 

साथै १७ नोभेम्वर २०१८ शनीवारको दिन यती नेपाली एसोसीयसन युकेको आयोजना र गैह्र आवासीय नेपाली संघ युकेको सहकार्यमा "अध्यारोबाट उज्यालो तर्फ" शीर्षकको लागी मानव जीवन संरक्षण मंचको लागी बृहत च्यारीटी सम्पन्न हुने उक्त कार्यक्रममा नेपालका पुर्व प्रधानमन्त्री माधव कुमार नेपालको प्रमुख आतीथ्यतामा हुने र बेलायतस्थीत नेपाली राजदुतावासका महामहिम राजदुत डा दुर्गा बहादुर सुबेदीको बिशेष आतीथ्यता रहने कार्यक्रम छ। उक्त च्यारीटीको लागी यती नेपाली एसोसीयसन युकेका तर्फबाट पुर्व अध्यक्ष उमेसराज मोक्तानको संयोजकत्वमा उपसंयोजक ध्रुव केशी एवम योग कुमार फगामी,राजकुमार त्रिपाठी,चित्र बहादुर गुरुड्ग, राजु थापा,सीध्दार्थ बिक्रम क्षत्री, शसीधर नेपाल, बाचस्पति रेग्मी, आरती श्रेष्ठ रहेको एक यती च्यारीटी तयारी समीती बनाईयको ब्यहोरा अध्यक्ष शसीधर नेपालले जानकारी दिनु भयको छ।

आगामी १७ नोभेम्वर २०१८ का दिन हुने च्यारीटीलाई सहयोग गरी दिनु हुन र ९ डिसेम्वर २०१८ मा हुने अधीवेसनमा सहभागी भै दिनुहुन र सदस्य बनि नया कार्यसमीती चयनमा सहयोग पुर्याइ दिन यती नेपाली एसोसीयसन युकेले आम जनसमुदायलाई आब्हान गरेको छ।



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?