Saturday October 23, 2021

आजदेखि पोखरामा क्रिकेटको महाकुम्भ

९ कार्तिक, २०७५ शीतलपाटीन्युज डटकम 3825


आजदेखि पोखरामा क्रिकेटको महाकुम्भ

शीतलपाटीन्युज डटकम।

पर्यटकीय नगरी पोखरामा आजबाट अर्थात शुक्रबारबाट क्रिकेट खेलको महाकुम्भ शुरु हुने भएको छ । स्थानिय दुई, अन्तराष्ट्रिय स्तरका दुई रदुई जना खेलाडीहरु संहालेर राष्ट्रिय क्रिकेटरहरु सर्वाधिक राषि पुरस्कार भएको पोखरा प्रिमियर लिग (पीपीएल) का लागी पोखरा रंगशालाको क्रिकेट मैदानमा  शुक्रबारदेखि उत्रिदै छन्  ।

शुक्रबार हुने उद्घाटन खेलमा घरेलु टिम पोखरा पल्टनसँग विराटनगर टाइटन्सले प्रतिस्पर्धा गर्ने भएको छ । उद्घाटन खेलमा दुबै टिमले जित्ने दाबी गरेका छन। विराटनगर टाइटन्सले यो समाचार तयार पार्दा सम्म दुई जना विदेशी खेलाडीहरुको नाम सार्वजनिक गरेको छैन । यद्यपी खेलाडीहरुसंग कुराकानी भईरहेको तर केही प्राविधिक कुराले गर्दा खेलाडीहरुको टुंगो नलागेको विराटनगरका विजय धितालले जनाए । राष्ट्रिय खेलाडी सन्दिप लामिछानेको कप्तानीमा मैदानमा उत्रिन लागेको बिराटनगरले मिनस थापा र लव कामललाई स्थानिय खेलाडीको रुपमा समावेस गरेको छ । आफुहरुसंग अनुभवी र युवा खेलाडीहरुको टिम भएको हुदा उद्घाटन खेलमा जित हुने धितालले दाबी गरे ।

यता, राष्ट्रिय खेलाडी शरद भेष्वाकारको कप्तानिमा मैदानमा उत्रिन लागेको पोखराले दूई जना विदेशी खेलाडीको समेत टुंगो लगाएको छ । पोखराको टिमको लागि भारतका रविन्दर सिंह पोखरा आइसकेका छन भने यूएईका मोहम्मद नभिद भने पोखरा आउदै गरेको पोखरा टिमका प्रशिक्षक बिनोद कुमार दासले बताए । आफुहरुसंग राष्ट्रिय तथा युवा खेलाडीहरु र घरेलु दर्शकको साथ हुनाले उद्घाटन खेलमा जित हुने उनले दाबी गरे । पोखरा पल्टनको टिममा पोखराका दीपेस खत्री र सुमन घिमिरेले स्थानिय खेलाडीको रुपमा अवसर पाएका छन। पोखरा पल्टनका कप्तान भेष्वाकरले आफुहरु केहि दिन अघि देखि पोखरामा प्रशिक्षण गरेकोले गर्दा र घरेलू मैदानमा दर्शकको साथ हुनाले आफुहरुले उत्कृष्ट खेल प्रदर्शन गर्ने जनाए ।

यसैबीच यही कात्तिक २० गतेसम्म पोखरा रंगशालाको क्रिकेट मैदानमा हुने उक्त प्रतियोगिताको अन्तिम तयारी पूरा भएको आयोजक क्वीन्स इभेन्टका प्रबन्ध निर्देशक छुम्बी लामाले बताए ।

इभेन्टका प्रबन्ध निर्देशक लामाका अनुसार पोखरा रंगशालामा हाल ४ वटा पिच निमार्ण भएको छ । त्यसै गरी ४ हजार दशक क्षमताको अस्थायी प्यारापिट निमार्ण भएको उनले जनाए । ६ टिमको सहभागिता हुने प्रतियोगितामा विजेताले सर्वाधिक रकमको पुरस्कार  २७ लाख भन्दा बढी प्राप्त गर्ने भएको छ । उपविजेता टोलीले १० लाख रुपैयाँ प्राप्त गर्नेछन् । पूर्वघोषित पुरस्कार अनुसार प्रतियोगिताको म्यान अफ द सिरिज, उत्कृष्ट ब्याट्सम्यान र उत्कृष्ट बलरले सुजुकी जिक्सर १ सय ५५ सीसी मोटरसाइकल प्राप्त गर्ने भएका छन।

उक्त प्रतियोगितामा विराटनगर टाइटन्स, चितवन राइनोज, पोखरा पल्टन, बुटवल ब्लास्टर, काठमाडौं रोयल्स र एक्स्पर्ट धनगढी ब्लुज गरी ६ टिम सहभागि हुदैछन।  प्रतियोगिता सम्पन्न गर्न करिब दुई करोड खर्च लाग्ने निर्देशक लामाले बताए । प्रतियोगिताको प्रवर्द्धनमा नेपाल पर्यटन बोर्ड, भिजिट नेपाल २०२०, राष्ट्रिय खेलकुद परिषद, पोखरा महानगरपालिका रहेका छन भने पीपीएलको सम्पूर्ण खेलको प्रत्यक्ष प्रसारण हिमालयन एचडी टेलिभिजनले गर्ने भएको छ ।

यसै बिच शुक्रबार  बिहान करिब ९ जबे पछि सभामुख कृष्ण बहादुर महराले उक्त प्रतियोगिताको औपचारिक उद्घाटन गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ । उद्घाटन पश्चात बिहान ११ बजे पछि उद्घाटन खेल संचालन हुने भएको छ ।

विहिबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा पोखरा पल्टनले खेलाडीहरुको नाम सार्वजनीक गरेको छ । उक्त कार्यक्रममा पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले खेलाडीहरुको टोलीलाई खादा लगाउदै स्वागत सहित उद्घाटन खेलमा जितको सफलताको कामना गरेका थिए ।

पोखराको प्रतिष्ठासंग जोडिएकोले यस्तो प्रतियोगितालाई सफल पार्न पोखरेलीलाई उनले आग्रह गरे । पोखराका कप्तान भेष्वाकरले पोखरामै ट्रफी राख्ने गरी आफुहरु उत्कृष्ट प्रदर्शन गर्ने जनाए । पोखरा पल्टनका अध्यक्ष विनय पोख्रेलले पोखरेलीहरुको साथ र सहयोगले आफ्नो टिमले उत्कृष्ट खेल प्रदर्शन गर्ने बताए ।

राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक जगत टमटाले यस्ता प्रतियोगिताले खेलकुदको विकास हुने बताए । उनले भने “राष्ट्रिय, अन्तराष्ट्रिय र स्थानिय खेलाडीहरु समावेस गरेर हुने यस प्रतियोगिताले समग्र क्रिकेटको विकास संगै खेलाडीहरु समेत व्यवसायीक हुन सक्छन,यस्ता प्रतियोगिता खेलको विकासको लागि अति नै आवश्यक छ । ”

source: pokharanews.com




मतहरू

WilliamDen

free foreign dating sites free no fee russian women dating

KevinDyerm

nyc gay speed dating nytimes gay dating sites gay dating sites kentucky

KevinDyerm

review gay bear dating gay bodybuilder dating gay flash dating sim

KevinDyerm

gay dating sites atlanta gay millionare dating gay dating for socially anxious

KevinDyerm

dating sites for gay teens gay internet dating sites gay teenage dating sites

PatrickVep

single gay dad dating gay dating games porn best gay male dating sites

PatrickVep

greek gay dating nytimes gay dating sites gay guy dating a girl

MichaelHem

blue gay dating site gay dating free site az gay dating

HenryHox

short gay dating gay bears in flagstaff dating gay dating site s

HenryHox

gay dating sites in midland mi gay options dating service gay dating com

Gustavomaife

thesis writer paper writers

Matthewron

professional resume help editing an essay


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?