Thursday January 23, 2020

पर्यटकिय हिमाली शहरमा विश्वकै दुर्लभ खेल, माछापुच्छ्रे ताकेर वल हिर्काउँछन् खेलाडी

९ कार्तिक, २०७५ शीतलपाटीन्युज डटकम । 1451


पर्यटकिय हिमाली शहरमा विश्वकै दुर्लभ खेल, माछापुच्छ्रे ताकेर वल हिर्काउँछन् खेलाडी

शीतलपाटीन्युज डटकम।
पोखरा, नेपाल । १२ बर्षअघिको कुरा हो। जतिबेला पोखरा रंगशालाभित्र क्रिकेट मैदान बनेको थिएन । मैदान बनाउन डोजर चलाईएको थियो । जताततै ढुंगैढुंगा थिए । ढुंगे मैदान थियो । त्यही ढुंगे मैदानमा क्रिकेट प्रेमी बलिङ र व्याटिङ गरिहेका थिए । उत्तरमा हिमाल खुलेको थियो । हिमालको काखमा ढुंगे मैदानमा क्रिकेट खेलिरहेको फोटोलाई एसिसीएशियन क्रिकेट काउन्सिलले उत्कृष्ठ फोटोको उपाधि दिलायो । खिचेका थिए फोटो पत्रकार सुदर्शन रन्जितले ।

समय फेरिएको छ । मैदान बनेको छ । त्यही मैदानमा टी–२० क्रिकेट प्रतियोगिता पोखरा प्रिमियर लिग हुदैैछ । जुन प्रतियोगितालाई क्रिकेटको सर्वोच्च संस्था (आईसिसी) इन्टरनेशनल क्रिकेट काउन्सिलले मान्यता दिएको छ । ‘सन २००७ को फोटोले दिलाएको अवार्डले पोखरालाई अन्तर्रा्ष्ट्रिय रुपमा चिनायो ।’ कास्की जिल्ला क्रिकेट संघका अध्यक्ष सन्जयकान्त सिग्देलले भने–‘आईसिसीले पिपिएललाई दिएको मान्यताले पोखरालाई एक्पोजर गराउँछ ।’ खेल पनि बिश्व मै प्रख्यात क्रिकेट र सुन्दर हिमाली दृश्यावलोक हुने सुन्दर शहर पोखरा।

एसिसीको अवार्ड र आईसिसीको मान्यताले पोखरालाई क्रिकेटको शहरको रुपमा परिचय थपिदिएको छ। खेलकुद मन्त्री जगत विश्वकर्मा र राष्ट्रिय खेलकुुद परिषदका सदस्य सचिव केशवकुमार विष्टले पोखरालाई क्रिकेटको अन्तर्रा्ष्ट्रिय न्युट्रल भेन्युको रुपमा विकास गर्ने लक्ष्यलाई सहयोग पुर्याउने छ । तर त्यसको लागि आवश्यक पुर्वाधार बनाउनुपर्ने खाँचो भने पोखरेली क्रिकेटप्रेमीहरूले औल्याएका छन् ।

सन् २००७ अघि पोखरा रंगशालामा क्रिकेट मैदान थिएन भन्दा फरक पर्दैन् । पत्रकार सुदर्शन रन्जितको फोटोले अवार्ड जितेपछि क्रिकेटप्रतिको क्रेज ह्वात्तै बढेको थियो । आम खेलकुदप्रेमीको चाहना क्रिकेट मैदान बनाउनुपर्छ भन्ने दबाव रह्यो । अनि शुरु गरियो मैदान निर्माण । तत्कालिन क्यानका अध्यक्ष विनयराज पाण्डेको सक्रियता, कास्की जिल्ला क्रिकेट संघका ततकालिन अध्यक्ष डा. विरेन्द्रसिंह गुरुङको पहलमा बर्तमान क्रिकेट मैदान बनाउन शुरु गरियो । निर्माण समितिको जिम्मेवारी लिदैं पोखरा उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष अशोक पालिखेले मैदान खार्ने र सम्याउने काम भयो ।

खारिएको जमिनले मैदानको आकार लियो । अनि क्रिकेट पीच बनाईयो । पाँचवटा पीच बन्यो । राष्ट्रिय खेलुकद परिषदले छुट्टाएको बजेटले थोरै थोरै काम अगाडि बढाईयो । आउट फिल्डमा माटो हालियो । अन्तराष्ट्रिय मापदण्ड अनुसारको साईज बनाएपछि क्रिकेटका प्रतियोगिता आयोजना गर्ने पुर्वाधार बन्यो ।

‘पिपिएल पोखराको ब्राण्ड हो । आईसिसीले मान्यता दिएको छ । हरेक खेललाई आईसिसीले अपटेड गर्छ । गेमलाई प्रत्यक्ष नियाल्छ ।’ पोखरा प्रिमियर लिगका आयोजक क्विन्ट इभेण्ट म्यानेजमेन्ट प्रालिका प्रवन्ध निर्देशक छुम्बी लामाले भने–‘त्यो ब्राण्ड पोखराबासीसँगै हुन्छ । हामी त आयोजना र व्यवस्थापन मात्रै गर्ने हो ।’ पिपिएलको पहिलो संस्करण सबैलाई चासो छ । त्यही अनुसारको तयारी गरिएको छ । राष्ट्रिय क्रिकेट खेलाडी, विदेशी खेलाडीसँग घरेलु खेलाडीले पनि सहभागिता जनाई एक्पोजरको मौका पाउने छन् ।

पिपिएल स्पोर्टस टुरिज्मको पहिलो खुडकिलो भएको पर्यटन व्यवसायीको ठम्याई छ । पोखरा पर्यटन परिषदका उपाध्यक्ष गोपीबहादुर भट्टराईले आईसिसीको मान्यता पाएको पिपिएलले अन्तर्रा्ष्ट्रिय क्षेत्रमा पोखरा स्पोर्टस डेष्टिनेसशनको रुपमा परिचित हुने विश्वास व्यक्त गरे । ‘खेलकुदको आवश्यक पुर्वाधार बन्नुपर्छ । जति पुर्वाधार बन्यो उति नै स्पोर्टसले गति लिन्छ । टुरिज्म प्रोमोसन हुन्छ ’ उनले भने । क्रिकेटसँगै उनले टेनिसको सर्वोच्च संस्था आईटिएफले ग्रेड फोरको गेमले पनि पोखरालाई स्पोर्टस सिटीको रुपमा परिचय गराएको उनको भनाई थियो ।
(DNA Nepal)




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?