Saturday October 23, 2021

निरु थापाको कप्तानीमा महिला फुटबल टोली चीन प्रस्थान

१० कार्तिक, २०७५ शीतलपाटीन्युज डटकम 3111


निरु थापाको कप्तानीमा महिला फुटबल टोली चीन प्रस्थान

शीतलपाटीन्युज डटकम। 

नेपाली राष्ट्रिय महिला फुटबल टोलीको कप्तानमा निरु थापा चयन भएकी छिन् । मैत्रिपूर्ण खेलका लागि बिहीबार चीन गएको महिला राष्ट्रिय टोलीकोे कप्तानी थापालाई दिइएको अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले जनाएको छ ।

थापाले पहिलो पटक नेपाली टोलीको कप्तानी समाल्ने अवसर प्राप्त गरेकी हुन् । थापाले घरेलु फुटबलमा विभागीय टोली नेपाल पुलिस क्लबबाट खेल्दै आएकी छिन् ।

यसअघि नेपाली महिला टोलीको नेतृत्व रेनुका नगरकोटीले गर्दै आएकी थिइन् । ओलम्पिक छनोटको तयारीमा रहेको नेपालले टोलीको नेतृत्व परिवर्तन गरेको हो । चीन भ्रमणमा निस्केको नेपाली टोलीले त्यहाँ तीन मैत्रिपूर्ण खेल खेल्नेछ । त्यसपछि नेपाली टोली चीनबाट म्यान्मार प्रस्थान गर्नेछ ।

रासस




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?