Saturday July 02, 2022

भाइरल ज्वरो र छातीको संक्रमण बाट ग्रसित प्रधानमन्त्री केपी शर्मा ओली

११ कार्तिक, २०७५ शीतलपाटीन्युज डटकम 37253


भाइरल ज्वरो र छातीको संक्रमण बाट ग्रसित प्रधानमन्त्री केपी शर्मा ओली

शीतलपाटीन्युज डटकम।

प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थमा संकट आएको छ । शिक्षण अस्पतालमा उपचारपछि उहाँ बालुवाटारस्थित निवासमा आराम गरिरहनुभएको छ । प्रधानमन्त्री कार्यालयले उहाँको स्वास्थ्यस्थितिबारे आधिकारिक जानकारी गराएको छैन । यद्यपी उहाँलाई भाइरल ज्वरो र छातीको संक्रमण भएको बताइएको छ ।

शुक्रबारदेखि नै अस्वस्थ हुनुभएका प्रधानमन्त्री शनिबार आफ्नै पार्टी नेकपाले दशैं तिहार र छठको अवसरमा आयोजना गरेको शुभकामना तथा चियापान समारोहमा पनि उपस्थित हुन सक्नुभएन । पार्टी महासचिव विष्णु पौडेलले भाइरल संक्रमणका कारण प्रधानमन्त्री अनुपस्थित हुनुपरेको जानकारी गराउनुभएको थियो ।

११ वर्षअघि मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्रीले त्यसयता नियमित औषधि सेवन गर्दै आउनुभएको छ । प्रधानमन्त्री अस्वस्थ भएपछि शनिबार र आईतबार उहाँको सबै औपचारिक कार्यक्रम स्थगित गरिएको छ । आइतबार बस्ने भनिएको मन्त्रिपरिषद बैठक पनि अनिश्चित भएको छ ।



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?