१२ कार्तिक, २०७५
शीतलपाटीन्युज डटकम।
लिस्बोन, २९ अक्टोबर । नेपालमा डा. बाबुराम भट्टराईले नेतृत्व गरिरहेको नयाँ शक्ति नेपाल पार्टीको प्रवास संगठन नेपाली अन्तर्राष्ट्रिय समाज पोर्तुगल पहिलो अधिवेशनले धनराज शेर्पालाई सर्वसम्मत रूपमा अध्यक्षमा निर्वाचित गरेको छ । उनी यसभन्दा अघि पनि आयोजक समितिका संयोजक थिए ।
अधिबेशनले २५ सदस्यीय कार्यसमितिमा उपाध्यक्षमा भरत ढकाल र बिमल पन्थी, महासचिव ईश्वर पान्डे, सचिव सुशील आचार्य, कोषाध्यक्ष बिष्णुप्रसाद खतिवडा र सहकोषाध्यक्षमा जिग्मे लामा तामाङ चयन भयका र अरु बाँकी सदस्य रहेका छन् । निर्वाचित नेतृत्व घोषणा अघि पोर्तुगलमा क्रियाशील अधिकांस नेपाली संघ संस्थाका प्रतिनिधि र समाजका सदस्यहरुको उपस्थितिमा एक बृहत समारोह बीच पहिलो अधिवेशनको उद्घाटन गरिएको थियो ।
प्रमुख अतिथि नेपाल पर्यटन बोर्डका पोर्चुगल दुत रमेशकुमार गुरुङ, बिशेष अतिथि नयाँ शक्ति पार्टीका आर्थिक बिभाग सदस्य राजन ढुंगाना, अतिथिहरु एनआरएनए आसिसी सदस्य नरेन्द्र हमाल, एनआरएनए अध्यक्ष कुबेर कार्की, प्रवासी नेपाली मंचका अध्यक्ष गोबिन्द पौडेल, जनसम्पर्क समिति अध्यक्ष बिनोद घिमिरे, नेपाल आदिवासी जनजाति महासंघका कावा अध्यक्ष राजेन्द्र शेर्पा, नेपाली संघीय समाजका अध्यक्ष सोम शेर्पा, नेपाल पत्रकार महासंघ युरोप च्याप्टरका महासचिव योगेन्द्रमिलन छन्त्याल, नारी समाज पोर्तुगलकी अध्यक्ष सीता बराल लगायतले अधिवेशन सफलताको शुभकामना मन्तव्य दिएका थिए ।
उद्घाटन समारोहलाई पार्टीका केन्द्रीय संयोजक डा. बाबुराम भट्टराईले अनलाइनको प्रत्यक्ष प्रशारण मार्फत सम्बोधन गरेका थिए । “हामी पोर्तुगलको नेपाली समुदायलाई अझ एकबद्द बनाउदै, नेपालीहरुको हितका खातिर सधैंव लागि पर्नेछौं र समाजका सबै पक्षसंग सहकार्य गरेर अघि बढ्ने छौं” नवनिर्वाचित अध्यक्ष धनराज शेर्पाले भन्दै सो अवसरमा प्रतिबध्दता गरेका थिए।