Saturday October 23, 2021

म्याग्दी प्रवासी नेपाल संघको समाजसेवा हेर्नुहोस, सुन्नुहोस आव्हान

१५ कार्तिक, २०७५ शीतलपाटीन्युज डटकम । 3345


म्याग्दी प्रवासी नेपाल संघको समाजसेवा हेर्नुहोस, सुन्नुहोस आव्हान

शीतलपाटीन्युज डटकम।

नेपालमा दिन प्रतिदिन बालबालिका तथा महिलाहरु बिभिन्न किसिमले चरम शोषणमा परिरहेको यथार्थलाई सहयोग र समाधान गर्न म्याग्दी प्रवासी नेपाली संघको (मोना) आव्हानलाई आवाज बुलन्द गर्दै सहयोग गरौ र मातृभुमीलाई माया गरौ ।

मोनाको आब्हान जस्ताको तस्ता:

आदरणिय बेलायतबासी नेपाली दाजुभाई तथा दिदिबहिनीहरु,

नेपालमा दिन प्रतिदिन बालबालिका तथा महिलाहरु बिभिन्न किसिमले चरम शोषणमा परिरहेको यर्थाथ यहाँहरुलाई अवगत नै छ । उनिहरुको बिषयमा सम्बन्धित निकाय वा राज्य पक्षबाट खासै पहल गरेको पाईदैन । उनिहरुलाई न्याय दिनको लागि राज्यपक्ष नै संबेदनशिल छैन यसको उदाहरण बलात्कार पछि हत्या गरिएकी निर्मला पन्तलाई लिन सकिन्छ । उनि त एक प्रतिनिधि पात्र मात्र हुन । यस्तो सम्बेदनसिल क्षेत्रमा सरकारलाई खबरदारि गर्दै हामीले पनि हाम्रै  क्षेत्रवाट पिडित बालबालिका तथा महिलाहरुको समास्या लाई निराकरण गर्न र सरकारको ध्यान आर्कषण गराउदै महिला तथा किशोरीका लागि आर्थिक सशक्तिकरण सम्बन्धी व्यवसायको पहिचान तथा सीप विकास गर्ने, अभिभावक विहिन तथा जोखिममा परेका किशोरीहरुलाई आत्मनिर्भर बनाउन सहयोग गर्ने , उनिहरुमा सचेतना अभिमुखीकरण कार्यक्रम र प्रभावीतहरुको उद्दार, संरक्षण र पुनस्थापनाका कार्यक्रमहरु संचालन गर्न स्थानिय सरकारलाई सहयोग गर्ने,बालबालिका विरुद्ध हुने हिंसा तथा दुव्र्यवहारको अन्त्य गर्ने, हिंसामा परेका बालबालिकाहरुको सामाजिक, आर्थिक तथा न्यायिक हकहित सुनिश्चित गर्न आवश्यक पहल गर्ने र विपदमा परेका बालबालिकाहरुको उद्धार, संरक्षण तथा पुनस्थापना सम्बन्धी कार्यविधि बनाई कार्यान्वयन गर्ने जस्ता महत्बपुर्ण कार्यका साथ म्याग्दी प्रवासी नेपाली संघ मोनाले एक करोडको अक्षय कोष स्थापना गरेको छ र सो कोषमा लगभग ७० प्रतिशत रकम जम्मा भईसकेको र बाकी रकम संकलन गर्नको लागि बिभिन्न देशमा च्यारिटि कार्यक्रमहरु संचालन भईरहेको बेला आगामी नोभेम्बर ४ तारिकमा बेलायतको स्थानिय समय अनुसार दिनको १ बजे देखि ६ बजे सम्म भिडियो लाईभ देउसी भैलो कार्यक्रमको आयोजना गरिएको छ । देउसी भैलो कार्यक्रममा बिबिध कारणले हामी तपाईको घर सम्म आइपुग्न सम्भब नहुने र तपाईहरुको पनि ब्यस्त समयको ख्याल राख्दै बिभिन्न प्रबिधि प्रयोग गरि लाईभ भिडियो मार्फत तपाईसंग जोडिदै छौ । सो भिडियो बिभिन्न स्थापित मिडियावाट विश्वभर प्रत्यक्ष प्रसारण गरिने जानकारी गराउदै उक्त समयमा भिडियो कल,फोन कल तथा म्यासेजबाट मोनाद्धारा संचालनमा ल्याईएको महिला तथा बालबालिका अक्षयकोषको लागि सक्दो आर्थिक तथा नैतिक सहयोग गरिदिनुहुनको लागि बेलायत लगायत बिभिन्न देशमा रहनुभएका एनआरएन, सामाजिक ब्यक्तीत्वहरु तथा नेपाली आमाबुबा दिदिबहिनी तथा दाजुभाईहरु लाई बिनम्र अनुरोध गर्दछु । धन्यवाद




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?