Saturday October 23, 2021

पर्यटन मन्त्री अधिकारी र उपसभामुख डा तुम्वाहाम्फे बिश्व पर्यटन मेलामा लण्डन आउदै

१६ कार्तिक, २०७५ बाचस्पति रेग्मी । 3189


पर्यटन मन्त्री अधिकारी र उपसभामुख डा तुम्वाहाम्फे बिश्व पर्यटन मेलामा लण्डन आउदै

शीतलपाटीन्युज डटकम ।
लण्डन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारी बिश्व पर्यटन मेलामा लण्डन आउने भएका छन् । मन्त्री अघिकारी लण्डनमा आयोजना हुने विश्व पर्यटन मेलामा नेपालको तर्फवाट सहभागि हुन वेलायत आउन लागेका हो ।
नोभेम्वर ५ देखी ७ तारिख सम्म लण्डनमा आयोजना हुने पर्यटन मेलामा विश्वभरका पर्यटन व्यवसायीहरुको सहभागि हुने आर्या भिलेज ट्राभल्सकी निर्देशक सरला सापकोटाले बताउनु भयको हो । उहा सापकोटाका अनुसार नेपालका ३१ पर्यटन व्यवसायीले सो मेलामा आआफ्नो स्टल राख्नेछन् ।

यस्तै बीच लण्डनस्थित नेपाली दुतावासले संस्कृति,पर्यटन तथा नागरीक उड्डयन मन्त्री रविन्द्र अधिकारीको प्रमुख आतिथ्य र प्रतिनिधी सभाको माननीय उपसभामुख डा शिवमाया तुम्वाहाम्फेको विशेष आतिथ्यमा नेपाली दुतावासमा १० नोभेम्वरका दिन बिहान १० बजे नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन उच्चस्तरीय मूल समिति गठन तथा नेपालको संस्कृति र पर्यटन प्रवर्धनात्मक कार्यक्रम समेत गर्ने तयारी गरिएको नेपाली राजदुतावासले जनाएको छ । ४ नोभेम्बर २०१८ मा मन्त्री अधीकारी र उपसभामुख तुम्वाहाम्फे लण्डन आइपुग्ने कार्यक्रम रहेको बुझीएको छ।
 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?