Saturday October 23, 2021

एनआरएन युके आफ्नो लक्ष्यमा अगाडी, अधीकारी लिभरपुल इलाका संयोजक नियुक्त

१६ कार्तिक, २०७५ शीतलपाटीन्युज डटकम। 3267


एनआरएन युके आफ्नो लक्ष्यमा अगाडी, अधीकारी लिभरपुल इलाका संयोजक नियुक्त

शीतलपाटीन्युज डटकम।

अल्डरसट,लण्डन। एनआरएनए युकेले बेलायतभित्र क्षेत्रिय स्तरका समितिहरु छिटै विस्तार गर्ने भएको छ। यो बिस्तार गर्नु अगाडी एनआरएनए युकेले आफ्नो योजना अनुसार स्कटलैण्ड,नर्दन आयरलैण्ड, वयल्समा राज्य परिषद गठन गरीसकेको र अब इड्गलैण्डमात्र बाकी रहेकोले यो काम पनि छिटै गठन गरेर पूर्णता दिदै सिंगो युके बेलायत एनआरएनएमय हुने भएको छ।  

यसै अनुरुप शनिवार  अल्डरसट एनआरएनए युके अफिसमा बसेको कार्यसमिती बैठकले लीभरपुल, ब्ल्याकपुल र वरपरको  इलाकालाई समेट्ने गरी इलाका संयोजक नियुक्ती गरेको समाचार शीतलपाटीन्युज डटकमले प्राप्त गरेको छ।त्यस इलाकामा बस्ने समाजसेवी गोपाल अधीकारीलाई एनआरएनए युकेले इलाका संयोजक तोकेको हो। लीभरपुल इलाका संयोजक नियुक्ती लाई लियर प्रश्न गर्दा एनआरएन युके अध्यक्ष योग कुमार फगामी र महासचीव आरके त्रीपाठी युकेमा रहेका नेपाली समाजको कुना कुना पुगेर एनआरएन बिस्तार गर्ने , समाजलाई सुरक्षित राख्न एकत्रीत गराउने, नागरीकता निरन्तरता बिषयमा सतर्क गराउने, मातृभुमीलाई प्राबिधीक ज्ञान सीपको सहयोग गर्ने जस्ता कार्य हाम्रो लक्ष्य रहेको र एनआरएनबाट बढी भन्दा बढी नेपालीलाई एकत्रीत गर्ने कार्य गरेको स्पष्ट पार्नु भयो। उहाहरुले लीभरपुल इलाका मात्रै नभयर अरु ईलाकाका सामाजीक अभीयन्ताहरुलाई पनि यस्ता इलाका संयोजकको जीम्मेवारी दिएर चुस्त र संगठीत एनआरएन युके बनाउने प्रतिबध्दता जनाउनु भयो ।

यसै गरी इलाका संयोजक बिषयलाई एनआरएनए युकेको वैठकले यूकेभित्र क्षेत्रियस्तरका समिति बनाउने प्रस्ताव अर्काे बैठकमा ल्याउन अध्यक्ष योगकुमार फगामीलाई जिम्मा दिइएको कुरा पनि जानकारी गराएको छ। बिधानमा उल्लेख भए बमोजिम नै क्षेत्रियस्तरका समिति बनाइने पनि जनाईएको छ। 

यस्तै गरी एनआरएन युके डिसाबिलीड एड, बक्सीड्ग, काउन्सील मीटीड्ग, राज्य समीती गठन ,एनआरएन सदस्यता र आईडी कार्ड लगायतका सकारात्मक काम गर्दै सकारात्मक परिणाम संगै अगाडी बढेको छ।

 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?