१७ कार्तिक, २०७५
शीतलपाटीन्युज डटकम।
अल्डरसट, लण्डन। तमुधि युकेकाे गरिमामय ईतिहासमा संस्थालाई स्थापनकाल देखि अाज दुई दशक नजिक सम्म डाेहाेर्याउदै याे अबस्था सम्म ल्याउन मदत पुर्याउने अादरणिय अग्रजहरू,समरक्षक, ट्रष्टिजहरू, पुर्ब अध्यक्षहरू, सल्लाहकारहरू, ईकाई अध्यक्षहरू,अाजिवन सदस्यहरू, अामा समुह र युथहरूलाई अाभार ज्ञापन गर्नु पर्दछ ।
संस्थाले अाज सम्म धेरै फड्काे मारि सकेकाे छ, धेरै प्रयासस गरी धेरै सफलता हासील गरी सकेको छ। संसार भरिका गुरूङ र नेपालिहरूकाे माझ अास्थाकाे केन्द्र बिन्दु अग्रपंक्तिमा उभिएकाे अबिभावक, सामाजिक संस्थाकाे भुमिका निर्बाह गरेकाे तमुधि युकेकाे गरिमामय छबिले सगरमाथालाई चुमेकाे छ। यस महान अभियानमा संस्थालाई यहाँ सम्म डाेर्याउन अाजिवन सदस्य र उहाँहरूका परिबारकाे उल्लेखनीय भुमिका, उपस्थिति र सहयाेगकाे प्रतिफल हाे। यसैले बिदेशी भुमिमा रहेर गाेरखा कप, नेपाली मेला र महानचाड तमु ल्हाेछार अधिक सफलता साथ सम्पन्न गर्न सफल भएको छ।
तमुधीले ति अाजिवन सदस्यहरूलाई स्वागत, सम्मान र सत्कार गर्नु संस्थाकाे महत्त्वपूर्ण दायित्व थियो। गत शनिबार सम्पन्न भएकाे अाजिवन सदस्य रात्री भाेजमा धेरै भन्दा धेरै नयाँ अाजिवन सदस्यहरू बन्नु भएकाे समाचार प्रकासन भयबाट यहाँहरूलाई हार्दिक धन्यवाद ब्यक्त दिनै पर्दछ। राम्रो गुरूङ पाेसक लगाउने पुरूष तर्फ बेस्ट तमु पाेषाक बुद्धि गुरूङ र महिला तर्फ श्रीमती चन्द्र देबि तमुश्याेलाई बेष्ट पाेषकमा उत्कृष्ट पुरूष कनर प्रदान गरिनु समाजका सदस्यहरूको उचित मुल्याङकन हुनु उदाहरणीय काम हो । उहाहरू हार्दिक बधाईका पात्र हुनुहुन्छ। निर्णय मन्डलका सदस्य अादरणिय गम गाेरे तमु र अादरणिय श्रीमती ज्ञानु तमुश्याे पनि हार्दिक धन्यवादको पात्र रहनु भयको पुष्टी हुन्छ। तमुधि संस्थालाई सधै मन, बचन र कर्मले निरन्तर चिन्तन र मनन गर्नु हुने संस्थाकाे निरन्तर सेवामा याेगदान, समर्पण,त्याग,निश्वार्थ ,अतुलनिय समाजसेवा,सकारात्मक साेच, राष्ट्रिय ,अन्तराष्ट्रिय बिबिध क्षेत्रहरूमा पुर्याउनु भएकाे याेगदानकाे मुल्यांकन गर्दै तमुधिका अास्थावन चार जना तमु ब्यक्तीत्वहरूलाई "अादर्श तमु " अवार्डले सम्मान गरीएको ठुलो सम्मान हो। ब्यक्तिले गरेको कामको मुल्याङकन नै समानुपातिक सहभागीता, पुरष्कार र सजायको ब्यवस्था हो ।
याे बर्ष सम्मानित सल्लाहकार तथा तमु फाेरम युकेका संयाेजक अादरणिय क्या. राजु तमु, सल्लाहकार तथा निबर्तमान बिसिसि युकेका अध्यक्ष ले. नारायण प्रसाद तमु बिईएम, ह्याम्पसायर ईकाईका अध्यक्ष अादरणिय उत्तर बहादुर तमु र सल्लाहकार तथा नेपाल सम्पर्क प्रतिनिधि अादरणिय समाजसेवी साेपाल समाज पाेखराका अध्यक्ष मेजर लक्ष्मीप्रसाद तमु एमभिअाे बिईएमलाई "आदर्श तमु" अवार्डले सम्मान प्रदान गरिएकाे छ। राफल ड्र र मनाेरन्जनात्मक साँस्कृतिक कार्यक्रम हरूले उक्त साँझ उल्लासमय र रमाईलाे बनाएकाे थियाे। राफल ड्रकाे ब्यबस्थापक सल्लाहकार कमल गुरूङ र अामा समुहले गर्नु भएकाे थियाे। नाचगान कल्चर सेक्रेटेरी कृष्ण तमु,सपन कुमार राई,रूबि गौली,अाचल लामा,सयपत्री ग्रुप र सल्लाहकार गम गाेरे गुरूङले गर्नु भयको थियो।
तमुधी युकेका अध्यछ्य ग्याम गुरूङको अध्यछ्यतामा संचालन भयको सो कार्यक्रमका संयाेजक सचीव तुलाराम तमु र सह संयाेजक सह कोषाध्यछ्य कुमार तमु रहनु भयको थियो। कार्यक्रमलाई सफल बनाउन दिन रात खटीनु भै अत्यधीक रूपमा सफल बनाउन सहयोग गर्नुहुने सबैलाई नवाै कार्य समिति तमुधी युकेका अध्यक्ष ज्ञाम तमुले सबैलाई हार्दिक धन्यवाद ब्यक्त गर्दछु भन्नुभयको छ। सम्पूर्ण नयाँ अाजिवन सदस्यहरूलाई स्वागत र हार्दिक बधाई धन्यवाद ब्यक्त गर्दै राफल ड्र र टिकटमा मदत पुर्याउने सम्पूर्ण अामा समुह,हल उपलब्ध गर्ने एम्पायर हल परिबार, सपन ईन्टरटेन्टमेन्ट , गाेर्खा मिडिया तथा तमुधिका अफिसियल फाेटाे ग्राफर मिलन तमु,एभरेस्ट डट कमका सबिन्द्र कुमार तमु, एभरेष्टका पुर्ण तमु, फाेटाे ग्राफर कृष्ण तमु र मिडियाकर्मीहरू, सम्पूर्ण राफल ड्र पुरूष्कार स्पाेन्सरहरू लाई धन्यवाद ब्यक्त गर्दै भविष्यमा पनि यस्तै एकताबध्द सहयोग अपेछ्या गर्दै सबैलाई हार्दिक धन्यवाद दिनु भयकोछ ।