Monday May 29, 2023

नेपाललाई भारतीय कांग्रेसले सोध्यो - मोदीलाई मात्रै महत्व ?

१९ कार्तिक, २०७५ शीतलपाटीन्युज डटकम 7517


नेपाललाई भारतीय कांग्रेसले सोध्यो - मोदीलाई मात्रै महत्व ?

शीतलपाटीन्युज डटकम।

भारतीय राष्ट्रिय कांग्रेस (कांग्रेस–आई)ले नरेन्द्र मोदीलाई मात्रै महŒव नदिन नेपाललाई आग्रह गरेको छ ।
प्रधानमन्त्री मोदीले छिमेकीसँगको सम्बन्धलाई दलगत हितमा उपयोग गरेकोमा आलोचना गर्दै उसले नेपाल सरकारलाई सचेत रहन भनेको हो ।कुटनीतिक उच्चस्रोतका अनुसार कांग्रेस आईले भारतीय जनता पार्टी (बीजेपी)लाई नै तोकेर नेपाललाई छुट्टै आग्रह गरेको छ ।

आगामी निर्वाचनमा कांग्रेस आईले वर्तमान सरकारको छिमेक नीतिलाई मुख्य मुद्दा बनाएर अघि बढ्दै छ । यसै सन्दर्भमा उसले नेपालसँग पनि मोदीको विदेश–नीतिको विषय उठाएको हो ।नेपाल सिंगो भारतसँगको कूटनीतिक सम्बन्धमा यसअघि नचुकेको समेत भारतीय कांग्रेसको धारणा छ ।

उसले छिमेक यस्तोमा उपयोग हुन नहुने भन्दै सचेत रहन औपचारिक÷अनौपचारिक आग्रह गरेको हो । कांग्रेस आईले कूटनीतिक च्यानलमार्फत समेत यस्तो सन्देश प्रवाह गरेको दिल्लीस्थित नेपाली दूतावासका अधिकारीले बताए ।, यो खबर आजको अन्नपुर्णपोष्टमा छ । 



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?