Saturday July 02, 2022

अन्तर्राष्ट्रिय नेपाली समाज युके (INSUK)  ले आयोजना  गरेको  "भिजन नेपाल च्यारिटी " साँझको छुट्टै बिशेषता

२१ कार्तिक, २०७५ शीतलपाटीन्युज डटकम । 5767


अन्तर्राष्ट्रिय नेपाली समाज युके (INSUK)  ले आयोजना  गरेको  "भिजन नेपाल च्यारिटी " साँझको छुट्टै बिशेषता

शीतलपाटीन्युज डटकम।

लण्डन। अन्तर्राष्ट्रिय नेपाली समाज युके (INSUK)  ले आयोजना  गरेको  "भिजन नेपाल च्यारिटी " साँझ छुटै स्वाद दिएर भब्यताका साथ सम्पन्न  भएको छ ।  
गत शनिबार  नोभेम्बर ३ २०१८ मा भएको  उक्त कार्यक्रमको मुख्य उद्देश्य पश्चिम नेपालको दुर्गम भागहरुमा अझै पनि जरा गाडेर रहेको अमानबिय  "छाउपडी" प्रथाको उन्मुलन अभियानको लागि आर्थिक  सहयोग  गर्ने, गोर्खा जिल्लाको दुर्गम गाउँमा स्वास्थ्य  सिविर स्थापना गरि टेलि-मेडिसिन (Tele-medicine) द्वारा उपचार गर्ने प्रविधीको लागि साथै आँखा सिविर सन्चालनको लागि पनि आर्थिक  सहयोग  गर्ने र पर्बत जिल्लाको खाल्टेमा रहेको जन ज्योति उच्च मा. बि. मा प्राविधिक शिक्षाको लागि शिक्षण सामाग्री  खरिद गर्नका  लागि आर्थिक  सहयोग गर्ने रहेको छ ।  


अन्तरास्ट्रिय नेपाली समाज प्रवास समितिका संयोजक श्री धन बहादुर गुरुङ्गको उपस्थितिमा INSUK  का अध्यक्ष ह. लेफ्टिनेन्ट श्री चन्द्र  बहादुर गुरुङको अध्यक्षतामा  समाजका माहासचिव कृष्ण गैरेले सन्चालन गरेको उक्त कार्यक्रममा नेपाली राजदुताबसका द्वितिय सचिव श्री  लव सुबेदीको प्रमुख आथित्त्यता र NRNA UK का अध्यक्ष श्री योग कुमार,  डा राघव धिताल, डा भरत सिम्खडा, कानुन बिध गोबिन्द बेल्बासे, तमुधी युकेका अध्यक्ष ग्याम गुरुङ, सहारा युकेका अध्यक्ष मीन गुरुङ, काउन्सुलर लक्ष्य बहदुर गुरुङ लगाएत बेलायतका बिभिन्न संघ सस्थाका प्रतिनिधीहरुको बिशेष आथित्त्य रहेको थियो ।  आफ्ना अथितिहरुलाई हल प्रस्थानद्वार  मै 'पप्पी' लगाइदिएर छुटै  स्वादको सम्मान गरिएको थियो। INSUK का उपाध्यक्ष श्री थम बहादुर बिश्वकर्माले स्वागत मनतब्यमा  '' नेपाल गरिब हुनुको कारण देशमा प्रचलित जातिवाद र भेदभाव हो र यस्लाई निर्मूल नपारे संम देशमा सन्तुलित समृदि संभव हुदैन" भन्नु भएको थियो र आफु  दलित भएर भोगेका अन्यायको अनुभव पनि सुनाउनु भएको थियो।


उक्त साँझमा नेपालका  दुर्गम ठाउँहरुमा Tele-medicine को उपयोगीताको बारेमा अध्यक्ष चन्द्र  गुरुङ  र युवा समाजसेवि मिस नेपाल युके २०११ श्री गौमाया गुरुङले भिडियो प्रस्तुति, नयाँ शक्ति पार्टिको  बिज्ञ  परिषद  सदस्य श्री रेशम बहादुर थापाले नेपालको विद्यमान आर्थिक  नीतिले पारीरहेको असर र यसबाट नेपालको आर्थिक बिकासमा आउन सक्ने परिणाम बारेमा प्रस्तुती दिएका  थिए ।  त्यसैगरी SENAPT ग्रुपका  प्राबिधिकहरुले अहिलेको  टेक्नोलोजी मार्फत हुनसक्ने उर्जाको सस्तो उपलब्धता र भरपर्दो लगानीको बारेमा प्रस्तुति  गरेका थिए ।  त्यस संगै बृटेन नेपालीज लयर्स एसोसिएसनका प्रवक्ता र नेपाली नागरिकता निरन्तरता अभियानका अभियन्ता अधिवक्ता श्री  गोबिन्द वेल्वासेले दोहोरो नागरिकता र नागरिकता निरन्तरताका बारेमा प्रस्ट्याउँदै हालको संविधानले गरेको कानुनी ब्यवस्था र त्यसवाट गैरआवासीय नेपालिलाई पर्ने असरका बारेमा संबोधन गरेका थिए। NRNA  UK सचिव तथा नयाँ सक्तिका  केन्द्रिय सदस्य सुरोज  मास्केले ब्यापार र लगानीको क्षेत्रमा हुन सक्ने अबसर र चुनौतीहरु समेटेर आफ्नो मन्तब्य राखेका  थिए ।  


त्यस्तै राजनीति शास्त्रकी युवा विद्यार्थी सुश्री आकान्क्षा गुरुङले बिदेसमा रहेका दोश्रो पुस्ताका नागरिकहरुलाई नेपाली हुनबाट रोक्ने पो हो कि भनेर चिन्तित  बनेको र नेपालको समृद्धिको यात्रामा योगदान गर्ने आफुहरुको चाहनालाई नेपाल सरकारले  बेलैमा सम्बोधन गरेर आफुहरुलाई नेपाल फर्किने ढोका खुला गरिदिनको लागि बिशेष अनुरोध  गरेकी थीइन ।  
त्यस संगै भिभिन्न मनोरन्जनात्मक प्रस्तुति पनि देखाइको थियो। कार्यक्रम हेरिसकेपछी  प्रमुख अथिती र समाजका बिशिष्ट ब्यक्तिहरु श्री लव सुबेदी, डा. राघब धिताल, श्री योग कुमार  फगामी, डा. भरत सिम्खडा लगायत आफ्नो मन्तब्य मार्फत प्रतिक्रिया दिदै INSUK ले गरेका  कार्यक्रमहरु अरुहरुले गरेका भन्दा बेग्लै स्वादका हुने गरेको र वेलायतमा बस्ने नेपालीहरुको मन जित्दै गएकोले आफुहरु पनि उत्साहित भएको बताएका थिए ।
उक्त कार्यक्रमको फोटो र भिडिओग्राफिमा मनिराज गुरुङ, नृत्य कलकारमा बुद्ध घले,  ब्यबस्थापनमा युवा समाजसेवी तथा उपाध्यक्ष हेम गुरूङ,धन गुरुङ, कुमार घले, श्रीमती सुसिला गुरुङ, सकुन्तला गुरुङ, बिमु गुरुङ, टकमाया गुरुङ, बिमला गुरुङ, कमला गुरुङ, मदुस्धन थापा मगर, मान गुरुङ, क्रन्ती मास्के, धन्काजी गुरुङ, श्रीराज कार्की लगाएत सम्पुर्ण सदस्यहरु एकजुट भै लागेका थिये भने संस्थका सदस्य सचिब डा पुष्पदत्त उप्रेतीलाई संयुक्त अधिराज्य वेलायतबाट वाताबरण प्रविधि तथा ब्यावस्थापन बिषयमा स्नातकोत्तर र हाल वेलायतकै डी मोन्टफोर्ट विश्वविधालयवाट वाताबरण प्रविधिमा विद्यावारिधि (PhD) हासिल गरेको र अर्का सदस्य पान्डव महतो क्यन्सर रेसर्चको लागि बर्लिन म्याराथोन दगुर्न सफल हुनु भएकोमा सम्मान पनि गरिएको थियो। सम्पूर्ण उपस्थित भएर सहयोग गर्ने र चन्दा दिएर सहयोग गर्ने सम्मानित ब्याक्तित्व हरु लाई INSUK आभर प्रकट गर्दछ।



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?