Saturday October 23, 2021

बेलायतमा स्वास्थ्य र शीक्षाका लागि अध्यारोबाट उज्यालोतर्फ च्यारिटी कार्यक्रम हुदै

२५ कार्तिक, २०७५ शीतलपाटीन्युज डटकम। 2215


बेलायतमा स्वास्थ्य र शीक्षाका लागि अध्यारोबाट उज्यालोतर्फ च्यारिटी कार्यक्रम हुदै

शीतलपाटीन्युज डटकम।

लण्डन। यति नेपाली एशोसियसन युके तथा गैर–आवासीय नेपाली संघ युकेको संयुक्त आयोजनामा नेपालको दुर्गमका बालबालीकाको स्स्थ्य र शिक्षा सहयोगको लागि "अध्यारोवाट उज्यालोतर्फ" नामक सेवामूलक सहयोगको लागी सामाजिक च्यारिटी कार्यक्रम हुने भएको छ। बेलायत स्थित लण्डन ग्रीनफोर्ड टाउन हलमा यही आउदो १७ नोभेम्बर २०१८ का दिन च्यारीटी कार्यक्रम हुन लागेको हो।

कार्यक्रम आयोजकका अनुसार ५ बजे ढोका खोलीने सो च्यारीटी साझको ६ बजेबाट डिनर सर्भ तथा ७ बजेसम्म डिनर रहने र ७ बजेवाट च्यारिटी कार्यक्रम संचालन हुने कुरा कार्यक्रमका संयोजक एवम यतीका पुर्व अध्यक्ष उमेस राज मोक्तानले जानकारी दिनु भएको छ। नेपालका पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल मुख्य अतिथी र बेलायतका लागी नेपाली राजदुत डा दुर्गा बहादुर सुबेदी बिशेस अतिथी रहने सो कार्यक्रमको तयारी पुरा भयको जनाइएको छ। 

हेमन मेक्तान फाउण्डेसन नेपालको अनुरोधमा नेपालको दुर्गमका बालबालिकालाई सहयोग गर्ने उदेश्यले यो कार्यक्रम गायक हेमन मोक्तानको च्यारिटी प्रस्तुतिमा यती नेपाली एसोसीयसन युके र एनआरएन युकेको संयुक्त प्रयासमा हुन गैरहेको हो ।कार्यक्रममा हास्य अभिनेता मनोज गजुरेल, गायक हेमन मोक्तान र नायिका तथा मोडल मरिष्का पोखरेलको विशेष प्रस्तुति रहने भएको छ। च्यारिटी मबाट परिवर्तन भै हामी भनेर सबै समेटियमा मात्रै देश बनाउन सकिन्छ भन्ने रहेको छ।

यस च्यारिटी कार्यक्रमका लागि आयोजकका तर्फवाट एनआरएन युकेका महासचीव राजकुमार त्रिपाठी, यतीका पुर्व अध्यक्ष एवम  कार्यक्रम संयोजक उमेशराज मोक्तान, यतीका अध्यक्ष शसीधर नेपाल, उप संयोजक ध्रुब केसी, सल्लाहाकार चित्रवहादुर गुरुङ, यती महासचीव बाचस्पति रेग्मी,एनटीभीका विजय थापा, सनम कुमार बैराग र सिद्धार्थ बिक्रम क्षत्री अन्तिम चरणको कार्य व्यस्ततामा व्यस्त बनिरहेका छन्।यो महान कार्यमा बेलायतमा रहनु हुने नेपालीहरुबाट सहयोगको लागी अपिल पनि गर्नु भयको छ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?