Tuesday September 27, 2022

पर्यटन बोर्ड प्रमुख जोशीलाई अन्तराष्ट्रिय अवार्ड

२५ कार्तिक, २०७५ शीतलपाटीन्युज डटकम। 3807


पर्यटन बोर्ड प्रमुख जोशीलाई अन्तराष्ट्रिय अवार्ड

शीतलपाटीन्युज डटकम।

लन्डन । नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख दिपक राज जोशी लण्डनमा सम्मानित भएका  छन्। 

उनी इन्टरनेशनल ट्राभल क्राइसेस मेनेजमेन्ट समीटको आयोजनामा " हाइयस्ट आईआईपिटी चैम्पेन इन च्यालेन्ज अवार्ड २०१८" द्वारा    इन्टरनेसनल इन्सीच्युट फर पिस थ्रोवच ट्राभल अवार्डबाट सम्मानित भएका हुन्  । 

राष्ट्रिय तथा अन्तराष्ट्रिय पर्यटन क्षेत्रमा लामो योगदान गरेका जोशीले भुकम्प पछिको नेपालको दुखद अवस्थामा आफ्नो समय र शक्ती दिइ राष्ट्रिय र अन्तराष्ट्रिय पर्यटनलाइ उच्चस्तर पुर्याउने काम गरेका थिय।गत हप्ता लन्डनमा आयोजित बिश्व पर्यटन मेलामा भाग लिन आएको अवसरमा सो सम्मान प्राप्त गरेका हुन्।

गत मंगलवार देखि सुरु भएको तीन दिने मेलामा नेपालबाट ३१ पर्यटन सम्बन्धि कम्पनिले भाग लिएका थिए ।  सो मेलामा बोल्दै बेलायतका लागी नेपाली राजदुत डा दुर्गा बहादुर सुवेदीले पनि आफ्नो मन्तब्य राख्दै नेपाल बिश्वको एक आकर्षक पर्यटकीय गन्तब्य भएको भन्दै नेपाल भ्रमण २०२० सफल पार्न सबै नेपालीहरुको जिम्मेवारी बराबरी रहेको भन्दै सबैले सकेको र नसक्नेले नेपाल भ्रमण गरेर सहयोग गर्न अनुरोध गरे ।

बोर्डका कार्यकारी निर्देशक  दीपक राज जोशीले नेपाल भ्रमण वर्ष २०२० सफल पार्ने काम र नेपालको पर्यटन प्रबर्धनमा अफूले सकेसम्मको प्रयास गरिरहेको र यसमा सवैको सद्भाव र सहयोग आवयक रहेको प्रस्ट पारे। कार्यक्रममा  अफगानिस्थानको युद्धमा दुवै खुट्टा गुमाएका भूपू गोर्खा सैनिक हरी बुढामगरले आफ्नो जीवन र नेपाल बारे अनुभव बाँडदै आफ़नो सगरमाथा चढ़ने योजनासंगै  रहेको बताए ।

बुद्ध , सिता, हिमाल तथा सगरमाथा मार्फत नेपालको प्रबर्धन गर्ने शैलीलाई अलिकति फरक ढंगले प्रस्तुत गर्दै खानेकुरा मार्फत पनि नेपाललाई प्रबर्धन गर्न सकिने हेतुले बिश्व पर्यटन महोत्सवको दोस्रो दिन नेपाली सेल रोटि, अचार, म:म लगायतका स्वादिस्ट परिकार स्टलमा आएका पाहुनाहरुलाई खुवाईएको थियो ।

 मेलामा  नेपाल पर्यटन बोर्ड, नेपाली राजदुतावास लण्डन र नेपाली पर्यटन व्यवसायीहरुले नेपालमा  पर्यटन बिकास र भीजीट नेपाल २०२० लागी  प्रचार प्रसारको शुरुवात गरिएको  थियो। 

  रोयल ओक  रेष्टुरेन्टको  संचालक नविन गुरुङको अगुवाईमा बेलायतका बेष्ट सेफ बिनोद बरालले बनायको फुड यस पटकको पर्यटन मेलामा  नेपालको नाम राखेको  थियो । नेपालमा अव पर्यटन मात्रै नभएर खानाका पारखीहरुलाई  खाना आकर्षण गर्नुपर्ने बराल र गुरुङको जोड छ । गुरुङले खेल पर्यटन मार्फत नेपालको पर्यटनमा योगदान गर्दै आएका छन् ।  

मेलामा पत्रकार बोलाइएन :

पत्रकार कै समाचारका कारण आफु सम्मानीत भएर पनि पर्यटन मेलामा बेलायतका सक्रिय पत्रकारको भने न्युन उपस्थिति थियो । आयोजकको संयोजन गर्ने जिम्मा पाएको  पर्यटन बोर्डले बेलायतमा रहेका राष्ट्रिय मिडिया तथा सक्रिय मेडियालाई आमन्त्रण गरेन। एक पर्यटन व्यवसायीका अनुसार बोर्डले प्रत्येक पर्यटन व्यवसायीबाट २ लाख रुपयाँ दर्ता शुल्क लिएको थियो । सोहि रकमले सरकारको तर्फबाट ६ जना कर्मचारी लन्डन आयका थिए।

 पर्यटन दुत :

बेलायतको लागि पर्यटन दुत पशुपति भण्डारीले राजिनामा दिए पछि रिक्त पदको लागि अहिले तात्न  सुरु भएको छ। भण्डारीले नबिन गुरुङको नाम सफारिस गरेर बिदाई भएका हुन् । गुरुङले सो पदको लागि इच्छा देखाएका छन् । गुरुङले  आफु जातिय, राजनीतिक र कसैको बहकाउमा  नलागी पर्यटनको बिकासमा लाग्ने बताए । उनले आफुले सो जिम्मेवारी पाए नेपाल सरकार र दुतावाससंग  मिलेर काम गर्ने बताए । यस्तै नेपाली खानालाई संसार भरि चिनाउने उदेस्यले पर्यटन बोर्डले फुड एम्बासडर नियुक्ति गर्ने तयारी गरेको बुझीयको छ । सो पदको लागि बिनोद बरालले इच्छा देखाएका छन् । बराल भर्खरै बेलायतमा एसीयन खाना बनाउने उत्कृस्ट ५० अन्तराष्ट्रिय सेफ मध्यको सुचिमा एक हुन भने नेपाली फुड पर्यटनको बिकासका अभीयन्ता हुन। 



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?