Saturday October 23, 2021

‘गोरे’ का भाइ रमेश दुबईमा पक्राउ

३२ असार, २०७५ शीतलपाटीन्युज डटकम 1319



शीतलपाटीन्युज डटकम।

काठमाडौ । ३८ क्विन्टन सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा मुख्य अभियुक्त चुडामणि उप्रेती ‘गोरे’ का भाइ रमेश उप्रेतीलाई संयुक्त अरब इमिरेट्सको दुबईबाट पक्राउ गरिएको छ । इन्टरपोलमा रेड कर्नर नोटिस जारी भएपछि दुबई प्रहरीले उनलाई पक्राउ गरेको हो । उनले दुबईबाट सुन नेपाल पठाउने गरेका थिए ।

युएईबाट सुन किनेर नेपाल पठाउन उप्रेतीसहितको समूहले भूमिका खेलेको सरकारी छानविन समितिको अनुसन्धानले देखाएको छ ।

पक्राउ परेका उप्रेतीलाई नेपाल ल्याउने तयारी भइरहेको छ । यसका लागि युएई प्रहरीले नेपाल प्रहरीसँग उनीविरुद्धको अभियोगपत्र मागेको छ । राजधानी दैनिकमा खबर छ ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?