Friday January 21, 2022

एक अन्तर्राष्ट्रिय संस्थाद्दारा नेपाल प्रहरीलाई डिजिटल अवार्ड

२९ कार्तिक, २०७५ शीतलपाटीन्युज डटकम 2113


एक अन्तर्राष्ट्रिय संस्थाद्दारा नेपाल प्रहरीलाई डिजिटल अवार्ड

शीतलपाटीन्युज डटकम।

काठमाडौं — सेवा प्रवाहमा सुचना प्रविधिको उच्चतम प्रयोग गरेको भन्दै एक अन्तर्राष्ट्रिय संस्थाले नेपाल प्रहरीलाई डिजिटल अवार्ड दिएको छ ।
 एसिया — ओसिनिया कम्युनिष्ट अर्गनाईजेसनले नेपाल प्रहरीलाई एसोसियो २०१८ डिजिटल गभर्मेन्ट अवार्ड प्रदान गरेको हो । 

उक्त अवार्ड नेपाल प्रहरीको तर्फबाट कम्प्युटर एसोसियसन अफ नेपाल क्यानका सदस्य डा. अभिजिन गुप्ताले गत २२ कात्तिकमा जापानमा लिएका थिए । डा. गुप्ताले बुधबार प्रहरी प्रधान कार्यालयमा उक्त अवार्ड प्रहरी महानिरिक्षक सर्वेन्द्र खनाललाई प्रदान गरेका छन् ।, आजको नयाँ पत्रिकामा यो खबर छ ।
एसिसियो २४ देशका आईसिटी एसोसियनहरुको प्रतिनिधित्व रहेको संस्था हो । जसमा १० हजारभन्दा धेरै आइटी कम्पनी आबद्ध छन् । 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?