Saturday October 23, 2021

नेपाली सामाजीक अभीयन्ताहरु रसमोर भोलन्टियर अवार्डबाट सम्मानीत

२९ कार्तिक, २०७५ शीतलपाटीन्युज डटकम। 3176


नेपाली सामाजीक अभीयन्ताहरु रसमोर भोलन्टियर अवार्डबाट सम्मानीत

शीतलपाटीन्युज डटकम।

फान्वोरो,लण्डन। काम गरेपछी त्यसको फल प्राप्तहुन्छ । पुरष्कार अवस्यमभावी हुन्छ मान्छेको जीवनमा।नेपालीहरुको ठुलो बस्ती, ब्रिटीस गोर्खाहरुको लामो इतिहास बोकेको फान्वोरो, अल्डरसट शहरमा बसोवास गर्ने समाजसेबिहरु रसमोर भोलन्टियर सर्विसेज अवार्डबाट सम्मानीत हुनु भयको समाचार शीतलपाटीन्युज डटकमलाई ग्रेटर रसमोर नेपाली कम्युनिटीका महासचीव मान गुरुड्गले दिनुभयको छ।

रसमोर क्षेत्रमा रहेर बिभीन्न संघसंस्था मार्फत स्वयमसेवा गरे वापत उहाहरु सम्मानित हुनु भयको हो ।तमुधी युके, ग्रेटर रसमोर नेपाली कम्युनिटी, एसीयन महिला एसोसीयसनमा कार्यरत रहि रसमोर क्षेत्रमा देखायको स्वयम सेवाको उच्च मुल्याड्कन गर्दै पुर्याएको सेवाको यो अवार्ड हो ।

यो अवार्ड प्राप्त गर्नुहुनेमा तमुधी युकेका सल्लाहाकार एवम समाजसेवि एकेन्द्र गुरुड्ग, तमुधी युकेका सल्लाहाकार एवम रामबजार समाज युकेका अध्यक्ष जुमकाजी गुरुड्ग, तमुधी युकेका महासचीक कृष्ण गुरुड्ग भने ग्रेटर रसमोर नेपाली कम्युनीटीबाट अध्यक्ष जीव वेलबासे,महासचीव मान गुरुड्ग, कोषाध्यक्ष तोप पल्ली,सल्लाहाकार पदम राई सम्मानीत हुनु भयको छ। त्यस्तै गरी समाजको आधा भाग ढाकेको महिलाहरुमा एसीयन महिला एसोसीयसनबाट पुर्व अध्यक्ष माया डंगोल केशी, महासचीव कल्पना गुरुड्ग, कुसुम मल्लले पनि रसमोर समाजमा उल्लेखनिय कार्य गरे वापत अवार्ड पाउनु भयको छ।

समाज गतिशील छ , हरेक तह र तप्का राम्रो काम देखायर सम्मानीत हुन चाहान्छ। त्यस अनुरुप गोरखा जील्ला समाज युकेका कोषाध्यक्ष दिनेस गुरुड्ग, सल्लाहाकार बीर बहादुर गुरुड्ग, मद्दत समुहका क्याप्टेन बीर बहादुर थापा, क्याप्टेन बिष्णु श्रेष्ठ गोरखा चौतारीका दान वहादुर गुरुड्ग, राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठान नेपाल बेलायत शाखाका उपाध्यक्ष टंक शेरचन र किरात राई यायोख्याका रत्न राई पनि रसमोर भोलेन्टियर अवार्ड समीतीले सम्मान गरी नेपाली सामाजीक अभीयन्ताहरुको उच्च मुल्याड्कन गरेको छ।

कार्यक्रममा रसमोर वरो काउन्सीलरा मेयर स्टीभ मास्टरसनले उहाहरुलाई प्रमाणपत्रप्रदान गर्दै बधाइ दियका थिए।तमुधी युकेका महासचीव कृष्ण गुरुड्ग र ग्रेटर रसमोर नेपाली कम्युनिटीका अध्यक्ष जीव वेलवासेले समाज सेवाका सबै क्षेत्रमा सहयोग गरी शान्त समाजको काम गर्न पछि नहट्ने कुरा बताउनु भयको थियो।हरेक बर्ष प्रदान गरीने यो अवार्डले रसमोर क्षेत्रमा सकारात्मक भुमीका खेलेको छ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?