Saturday October 23, 2021

सन्दीपले फेरि आईपीएल खेल्ने पक्‍का

३० कार्तिक, २०७५ शीतलपाटीन्युज डटकम 2936


सन्दीपले फेरि आईपीएल खेल्ने पक्‍का

शीतलपाटीन्युज डटकम।

काठमाडौं– नेपाली युवा लेग स्पिनर सन्दीप लामिछानेले सन् २०१९ को सिजन पनि विश्वकै चर्चित र महँगो फ्रेन्चाइज क्रिकेट लिग इन्डियन प्रिमियर लिग (आईपीएल) खेल्ने भएका छन्। यो समाचार आजको अन्नपूर्ण पोष्ट् मा छ । उनलाई सिजनअघि नै पूर्वक्लब दिल्ली डेयरडेभिल्सले ‘रिटेन’ (सुरक्षित) गरेको हो।

आईपीएलमा खेलाडी अक्सनअघि आफूसँग भएका खेलाडी सुरक्षित गर्ने र छाड्ने अधिकार हुन्छ। त्यही अधिकार प्रयोग गर्दै दिल्लीले सन् २०१९ का लागि १४ खेलाडी सुरक्षित गर्दा सन्दीप पनि परेका हुन्।दिल्लीले रिटेनसम्बन्धी जानकारी सन्दीपलाई बिहीबार बिहानै गराएको थियो।  




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?