Saturday October 23, 2021

पूर्व प्रधानमन्त्री माधवकुमार नेपालाई युकेमा स्वागत गर्दै

३० कार्तिक, २०७५ बाचस्पति रेग्मी 2516


पूर्व प्रधानमन्त्री माधवकुमार नेपालाई युकेमा स्वागत गर्दै

शीतलपाटीन्युज डटकम।
पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल यूके आइपुग्नु भएको छ । यति नेपाली एशोसियसन युके तथा गैर–आवासीय नेपाली संघ युकेको संयुक्त आयोजनामा नेपालको दुर्गमका बालबालीकाको स्वास्थ्य र शिक्षाको लागि अध्यारोवाट उज्यालोतर्फ सेवामूलक सहयोगको लागी सामाजिक च्यारिटी कार्यक्रममा पुर्व प्रधानमन्त्री नेपाल यूके आउनु भएको हो ।


पूर्व प्रधानमन्त्री नेपाल बेलायत स्थित लण्डन ग्रीनफोर्ड टाउन हलमा यही आउदो १७ नोभेम्बर २०१८ का दिन च्यारीटी कार्यक्रममा प्रमुख अतिथिका रुपमा सहभागि हुने कार्यक्रम छ ।

आयोजकका अनुसार ५ बजे ढोका खोलीने सो च्यारीटी साझको ६ बजेबाट डिनर सर्भ तथा ७ बजेसम्म डिनर रहने र ७ बजेवाट च्यारिटी कार्यक्रम संचालन हुनेछ ।


कार्यक्रम संयोजक एवम यतीका पुर्व अध्यक्ष उमेस राज मोक्तानका अनुसार कार्यक्रममा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल मुख्य अतिथी र बेलायतका लागी नेपाली राजदुत डा दुर्गा बहादुर सुबेदी विशेष अतिथि रहेका कुरा जनाउनु भयकोछ ।


हेमन मोक्तान फाउण्डेसन नेपालको अनुरोधमा नेपालको दुर्गमका बालबालिकालाई सहयोग गर्ने उदेश्यले यो कार्यक्रम गायक हेमन मोक्तानको च्यारिटी प्रस्तुतिमा यती नेपाली एसोसीयसन युके र एनआरएन युकेको संयुक्त प्रयासमा हुन लागेको हो । कार्यक्रममा हास्य अभिनेता मनोज गजुरेल, गायक हेमन मोक्तान र नायिका तथा मोडल मरिष्का पोखरेलको विशेष प्रस्तुति रहने छ ।


यस च्यारिटी कार्यक्रमका लागि आयोजकका तर्फवाट पुर्व प्रधानमन्त्री नेपाल र एवम टीमको स्वागत गर्न महामहिम राजदुत डा दुर्गा बहादुर सुवेदी, यतीका पुर्व अध्यक्ष एवम कार्यक्रम संयोजक उमेशराज मोक्तान, यतीका अध्यक्ष शसीधर नेपाल, एन आर एन युकेका महासचीव राज कुमार त्रीपाठी, एन आर एन अन्तराष्ट्रिय सदस्य राम शरण सिखडा,  उप संयोजक ध्रुब केसी, सल्लाहाकार चित्रवहादुर गुरुङ, सल्लाहाकार सोलीसीटर राजु थापा, कर्णेल कुमार थापा, ऐटेची तेजेन्द्र रेग्मी, प्रवासी नेपाली मंचका उपाध्यछ, यती उपाध्यछ्य ठाकुर शर्मा, यति महासचीव बाचस्पति रेग्मी, पर्यटन ब्यवसायी बिराट भट्ट, पत्रकारहरूमा नविन पोखरेल, ध्रुव राज अर्याल, स्याम लुइटेल, शीव भण्डारी, प्रकास कडेल, ह्यारी गुरूङ, जीवन सेन, सिद्धार्थ बिक्रम क्षत्री हिथ्रो बिमानस्थल टर्मीनल ४ पुगेर भब्य स्वागत गरेका थिए ।

(फोटो शीव भण्डारी)




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?