Saturday October 23, 2021

かついた」勤務中に爆破予告

१ श्रावण, २०७५ शीतलपाटीन्युज डटकम। 1697



शीतलपाटीन्युज डटकम।

वेलायतमा रहेका लिम्वुहरुले आफनो मौलिक पर्व सिसेक्पा तङनाम अर्थात साउने संक्राती भव्य रुपमा मनाएका छन । गत सनिवार फेल्थाम कम्युनिटी कलेजको प्रागणमा किरात याक्थुङ चुम्लुङ युकेको आयोजनामा उनीहरुले आफनो मौलिक पर्व मनाउने अवसर पाएका हुन । सोही अवसरमा उनीहरुले चुम्लुङदेन अर्थात आफनै जग्गा खरिद गरेको उपलक्षमा केक काटेर खुसियाली पनि मनाएका थिए । चुम्लुङले विगत लामो समय देखि गरेको प्रयासको फल स्वरुफ भरखरै वेलायतको मेडिस्टोन एरियामा २५.३३ एकर क्षेत्रफलको जग्गा खरिद गरेको छ । वेलायतका लागि नेपाली राजदुत डा दुर्गा वहादुर सुवेदी क्षेत्रीले प्रमुख आतिथिको रुपमा वोल्दै आफनो संस्कार,सस्कृतीलाई, भेषभुषा र खानपिनलाई नविर्सि नेपालकै माटोमा उभिए जस्तो एउटै वाटोमा लोली र वोली मिलाएर हिडिरहेको जस्तो देख्दा आफुलाई हर्ष विभोर  र गर्व भएको वताउनु भयो । वहाले लिम्वुवानको प्रसंग जोडदै जुनसुकै ठाउको भएका पनि विदेशमा आए पछि सवै नेपाली भएको वताउदै आफनौ संस्कृति ,भाषा र सभ्यतालाई जोगाउदै वेलायतमा समेत सानो नेपाल वनाउन अग्रह गर्नुभयो । विशिष्ट अतिथिको रुपमा रहेका संघीय लोकतान्त्रीक मन्चका अध्यक्ष कुमार लिङदेन मिराकले चुम्लुङ युकेले जग्गा खरिद गरेको उपलक्षमा हार्दिक वधाई दिदै यसले वेलायतमा लिम्वुहरु सधै सधैका लागि स्थापित भयो भन्ने प्रामाणी गरेको वताउनुभयो । 

 चुम्लुङ युकेका अध्यक्ष दिल सीं मेन्याङवोको अध्यक्षतामा भएको सो कार्यक्रममा सिसेक्पा तंनाम कार्यक्रमका संयोजक नगेन्द्र नेम्वाङले स्वागत मन्तव्य दिएका थिए । महासचिव गणेश इजम र सचिव विश्वासदीप तिगेलाले संचालन गरेको पहिलो सत्रको कार्यक्रममा वेलायतमा वसेर लामो समय देखि याक्थुङ कला र सस्कृतिमा निरन्तर सेवा गरिरहेका कलाकार पदम सम्वाहाङफेलाई यो वर्षको “आर्टिष्ट अफ द इयर” ले सम्मान गरियो भने चुम्लुङको कृयाकलापमा उतकृष्ठ सहभागिताको लागि पुर्व महासचिव खगेन्द्र लावतीलाई चुम्लुङ एवार्ड प्रदान गरिएको थियो। त्यसै गरी चुम्लुङले हरेक वर्ष आयोजना गर्ने यलम्वरहाङ कप फुटवल प्रतियोगिता संचालनमा महत्वपुर्ण योगदान दिने व्यक्तिलाई प्रदान गरिने यलम्वरहाङ अवार्ड भने ग्रेटर लण्डन शाखाका पुर्व अध्यक्ष चिरेन्द्र लावुङलाई प्रदान गरिएको थियो। सोही कार्यक्रममा लिम्वुवान नागरिक समाज युके र किरात याक्थुङ चुक्लुङ युकेले संयुक्त रुपमा ज्ञापन पत्र लण्डन स्थीत नेपाली दुतावास मार्फत नेपाल सरकारलाई वुझाउन राजदुत डा .दुर्गा वहादुर सुवेदी क्षेत्रीलाई वुझाएको थियो । समाजका अध्यक्ष नरेन्द्र मावोहाङ र चुम्लुङका अध्यक्ष दिल सीं मेन्यावोले हस्ताक्षर गरेको सो ज्ञापन पत्रमा नेपालको प्रदेश नंम्वर एकको नामांकनको सवालमा अरुण सप्तकोशी पुर्वको भुभागलाई लिम्वुवान प्रदेश नामांकन गरियोस भनि राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधान मन्त्री केपी सर्मा ओली , प्रदेश प्रमुख गोविन्द लिम्वु र मुख्य मन्त्री सेर धन राईलाई ध्यान आकर्षण गराएको छ । कार्यक्रममा राजदुत पत्नी तथा नेपलीज ओमेन एसोसिएसन युकेका संरक्षक पुनम राज्य लक्ष्मी सुवेदीलाई महिलाहरुको अभिभावकको रुपमा स्वागत सम्मान पनि गरीएको थियो । केवाइसी थामेन्दिङमा समितीकी अध्यक्ष नेत्रकला लिम्वु यमाले लिम्वु ढाका ओढाएर स्वागत सम्मान गरेकी थिइन । सोही कार्यक्रममा कलाकार युवराज इस्पो र इन्द्र पन्धाकको संयुक्त एलवम पच्चिस वसन्तको विमोचन पनि गरिएको थियो । प्रमुख अतिथि राजदुत डा दुर्गा वहादुर सुवेदी , विशिष्ट अतिथि कुमार लिङदेन,अध्यक्ष दिल सीं मेन्याङवो,कलाकार दिपक लिम्वु र तारा लक्समले संयुक्त रुपमा सिडीको विमोचन गर्दै कलाकार द्धयको वैवाहीक जिवनको २५ वर्ष पुरा गरेको उपलक्ष्मा निकालीएको एल्वमको वधाई पनि दिइएको थियो । कार्यक्रममा नेपालवाट आएका कलाका वर्विन शेमा , दिपक लिम्वु र तारा लक्समलाई स्वागत सम्मान गरिएको थियो । त्यसै गरि यो वर्ष उच्च शिक्षा हासिल गर्न सफल तथा विभिन्न उपलव्धि पाउन सफल व्याक्तित्वहरुलाई सम्मान प्रशंसा पत्र प्रदान गरिएको थियो ।दोश्रो चरणको सास्कृतिक कार्यक्रमलाई विभागु प्रमुख डम्वर सावा र सहसचिव सानु सुव्वाले संचालन गरेका थिए । अन्तरसाखा यालाङ र केलाङ प्रतियोगितामा विशेष गरेर युवा पुस्ताको सहभागिता विशेष आकर्षण वनेको थियो । केवाइसी ग्रेटर लण्डन सिनियर साखाको टोली यो वर्षको केलाङ अवार्ड जित्यो ।सो टोलीमा अठार वर्ष मुनिका नानीहरुको सहभागिता रहेको थियो । त्यसै गरि यालाङमा भने केवाइसी ग्रेटर लण्डन साखा विजयी भएको थियो । कार्यक्रममा आएका लिम्वु लिम्वुनीहरु मध्येवाट आफनो भेष भुषामा सजिएका मध्येवाट युथवाट ज्यासन नेम्वाङ त्यसै गरि एडल्टवाट इन्द्र फोम्वो र ध्रुवकुमारी लिम्वु वेष्ट कल्चरल ड्रेसको अवार्ड प्रदान गरिएको थियो । 

कार्यक्रममा नेपाल वाट आएका कलाकारहरु वर्विन शेर्मा , तारा लक्सम, दिपक लिम्वुको साथमा स्थानिय कलाकारहरु सुवर्ण नेम्वाङ, इन्द्र पन्धाक,रिता फोम्वो, भक्ती आङदेम्वे, सुनिता थेवे लागयत अन्य कलाकारहरुले गीत तथा नृत्यहरु प्रस्तुत गरेका थिए । आफनो जातिय पोसाक र गरगहनामा सजिएर वेलायत भरीका  चार हजार वढि लिम्वुहरुको सहभागिता रहेको सो कार्यक्रममा नेपाल आदिवासी जनजाती महासंघ युकेका अध्यक्ष जंग सुनुवार, एनआरएनए युकेका उपाध्यक्ष सुसिला राई, किरात राई यायोख्खाका उपाध्यक्षका सुमन चन्द्र राई , किरात सुनुवार सेवा समाजका अध्यक्ष यादव सुनावार, तमुधि युकेका उपाध्यक्ष नन्दजंग गुरुङ, किरात याख्खा छुम्माका अध्यक्ष धन रोगु , पाचथर समाज युकेका अध्यक्ष चन्द्र सुन्दास, तेह्रथुम समाजका अध्यक्ष सुर्य खापुङ, फोनिजका अध्यक्ष प्रमिला लावुङराई , नेपाल पत्रकार महासंघका उपाध्यक्ष दिनेस कुमार परियार , शीतलपाटीन्युजका सम्पादक बाचस्पति रेग्मी, एभरेष्ट टाईम्सका मीलन तमु, पुर्ण गुरुड्ग , लण्डन नेपालन्युजका शीव भण्डारी लगायत विभिन्न संघ सस्थाका पदाधिकारीहरुको उपस्थीती रहेको सो कार्यक्रममा फुडस्टल, ब्यापारीक स्टल, लीम्बुको पुराना कला संस्कृतीले समारोहस्थल मनोरन्जनपुर्ण थियो। सीसेक्पा तंङनाम अथार्त साउने सक्रान्तीलाई असारको हिलो मैलोवाट लाग्ने लुतो फाल्ने चाडको रुपमा हेरिन्छ भने अनिकाल सकिएर सहकालको समय सुरु भएको प्रतिकको रुपमा लिइन्छ ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?