Saturday October 23, 2021

अल्डरसटमा एनआरएन युकेको हेल्थ अवयरनेस कार्यक्रम सम्पन्न

२ मंसिर, २०७५ बाचस्पति रेग्मी 2988


अल्डरसटमा एनआरएन युकेको हेल्थ अवयरनेस कार्यक्रम सम्पन्न

शीतलपाटीन्युज डटकम।
अल्डरसट लण्डन। समाजमा बढ्दो हर्ट एटेक र स्ट्रोकको अवस्थालाई जानकारी लीयर त्यस्ता घटनालाई न्युनीकरण गरी समाधान गर्ने उदेश्यले एनआरएन युकेले एउटा awareness भर्खरै सम्पन्न गरेको छ । एनआरएन युकेको अफिसमा संचालन भयको सो awareness प्रोग्राम एनआरएन अन्तराट्रिय स्वास्थ्य संयोजक डा संजीव सापकोटाले स्वास्थ्य सम्बन्धी कुराहरुलाई समेटेर संबोधन गर्नु भयको थियो। डा सापकोटाले हाल बढ्दो हर्ट एटेक र स्ट्रोक जस्ता घटनाहरुमा तत्काल सहयोगीहरुले उचीत सहयोग गर्न नसके अकालमा मर्नु पर्ने, ब्यक्ती आफैले पनि आफ्नो स्वास्थ्यको ख्याल बेलैमा नराखेमा ख्याल ख्यालमा ज्यान जान सक्ने कुराहरुलाई समेटी आवस्यकता अनुसारको व्यायम, खानपान र नियमीत बानीहरुमा लाग्ने ब्यवहारीक ज्ञानका कुराहरु बताउनु भयको थियो । डा. सापकोटाले बिरामीलाई एम्बुलेन्स लीन आउदासम्म प्राथमीक उपचारका उपायले बचाउन सकेमा बिरामी बाच्ने संभावना हुने हुदा awareness हरु सीकेर आफु पनि बच्ने र अरुलाई पनि बचाउन सक्ने हुनु पर्ने सल्लाहा दिनु भयको थियो।

एनआरएन युकेका अध्यक्षले नेपाली समाजका केही साथीहरु उमेर मै हर्ट एटेक र स्ट्रोकबाट ज्यान गुमायको घटनालाई उदाहरणको रुपमा हेरी अरुको ज्यान नजाओस भनेर health awareness का लागी यो प्रोग्रामको आयोजना गरेको बताउनु भयको थियो । डा सापकोटा निजी भ्रमण भयपनि एनआरएनको लागी यस्ता सहयोगी काममा भाग लीन पाउदा आफु खुसी रहेको बताउनु भयो । स्थानिय २० जनाको उपस्थीती रहेको र अत्यन्त फलदायी भयको सो कार्यक्रममा डा कपिल रिजाल, एनआरएन युकेका उपाध्यक्ष सेर बहादुर सुनार, एनआरएन युकेका सल्लाहाकार बाचस्पति रेग्मीको उपस्थीती थियो । शीतलपाटीन्युज डटकमको लाईभ भयको सो प्रोग्रामको लाइभ भीडीयो यस प्रकार रहेको छ।
भीडीयो :-

 

Dr Sanjib Sapkota NRN International Health and Safety Coordinator

Posted by Bachaspati Regmi on Friday, November 16, 2018

 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?