Saturday October 23, 2021

अध्यक्ष नन्दजंग गुरुड्ग समेत तमुधी युकेमा पुरै कार्यसमीती ऐतिहासीक निर्बिरोध 

३ मंसिर, २०७५ बाचस्पति रेग्मी 3043


अध्यक्ष नन्दजंग गुरुड्ग समेत तमुधी युकेमा पुरै कार्यसमीती ऐतिहासीक निर्बिरोध 

शीतलपाटीन्युज डटकम।
मीचेट, लण्डन। बेलायतमा बसोवास गर्ने नेपालीहरुको सबैभन्दा ठुलो नेपाली संस्था तमुधि युकेको अध्यछ्य नन्द जङ गुरुङले नया जीम्मेवारी निर्बिरोध प्राप्त गरेका छन । संस्थाको नयाँ कार्यसमितिको लागि अध्यक्ष पदमा नन्दजङ गुरुड्गको एक्लो उम्मेद्वारी परेपछी उनले निर्बिरोध रुपमा नेतृत्व पाएको हो। २९ सदस्य कार्यसमितिको सबै पदहरु नै निर्बिरोध भएका छन । नयाँ कार्यसमितिको उम्मेदवारी आवेदनबाट निर्बिरोध शुक्रवार नै भयपनि बार्षीक अधीवेसनमा औपचारिक घोषणा गरेको हो।निर्वाचन मण्डल संयोजक संस्थाका सल्लाहाकार एकेन्द्र गुरुड्गले अधीवेसनमा घोषणा गर्नु भयको हो ।


नयाँ कार्यसमितिमा  निर्बिरोध निर्वाचीत हुनेहरुमा उपाध्यक्ष जुम्काजी गुरुङ्,हरि गुरुङ र हित काजी गुरुङ्,महासचिब तुलाराम गुरुङ्, सचिब पर्सुराम गुरुङ्,कोषाध्यक्ष कुमार गुरुङ र सह  कोषाध्यक्ष  कमल गुरुङ हुन्।त्यस्तैगरी क्याप्टेन पिताम्बर गुरुङ खेल्कुद सचिब,रोहित कुमार गुरुङ प्रबक्ता,ईन्द्र घोताने गुरुङ सांस्कृतीक सचिब ,सबिन्द्र कुमार गुरुङ प्रेस र वेभमास्टर, नरेश गुरुङ प्रपर्टि बिभाग,जगत माया गुरुङ महिला बिभाग र राजेन्द्र गुरुङ युवा बिभागमा निर्बिरोध भयका छन ।

सदस्यहरुमा मीलन तमु गुरुङ,भोज बहादुर गुरुङ,मन प्रसाद गुरुङ,जय बहादुर गुरुङ,कोल प्रसाद गुरुङ,टंक प्रसाद गुरुङ,श्रीप्रसाद गुरुङ,युवन गुरुङ,श्रीबहादुर गुरुङ,अरुण गुरुङ, मदन गुरुङ्,लव कुमार गुरुङ, यम कुमार गुरुङ र भिम गुरुङ छन ।
शीक्षा, स्वास्थ्य, सामाजीक सेवा र खोज अनुसन्धानमा सक्रिय तमुधी युकेका निवर्तमान अध्यक्ष ज्ञाम गुरुड्गले दिनु भयको उचाईलाई अझ उचाईमा लान सक्ने कुसल, योग्य र अनुभवी अध्यक्ष नन्दजंग गुरुड् तमुधीले पाएकोमा समाजमा ब्यापक चर्चा चलेको पाएको छ। नेपाली मेला, गोरखा कप र बिभीन्न इभेन्टसहरुमा संयोजक भै सफलता पुर्वक सम्पन्न गर्नु भयका नवनिर्वाचीत अध्यक्ष गुरुड्गले तमुधी युकेले बिछ्याएको इटालाई उचाईमा कोशेढुड्गा बनाउनु हुनेछ भन्ने आसा समाजले लीएको पाईयको छ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?