Saturday October 23, 2021

नेकपाका बरिष्ठ नेता माधव कुमार नेपालसंग लण्डनमा अन्तरक्रिया

४ मंसिर, २०७५ शीतलपाटीन्युज डटकम। 3263


नेकपाका बरिष्ठ नेता माधव कुमार नेपालसंग लण्डनमा अन्तरक्रिया

शीतलपाटीन्युज डटकम।
अल्डरसट, लण्डन। प्रबासी नेपाली मन्च युके र नेपाली  जनप्रगतिशिल मंच युकेको  संयुक्त  आयोजनामा १८ नोभेम्बर   २०१८ आइतबारका दिन अल्डर्सोटको एम्पाएर  हलमा नेकपा का बरिष्ठ नेता एवम पुर्व प्रधानमन्त्री माधव कुमार नेपालसंग अन्तरक्रिया कार्यक्रम  सम्म्पन्न भयो । उक्त अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथीको रूपमा  वरिष्ठ नेता तथा पुर्ब प्रधानमन्त्री  माधब कुमार नेपालको उपस्थिति र बिशेस अतिथिका रूपमा बेलायतका लागि  नेपाली  राजदुत महामहिम डा.दुर्गा बहादुर  सुवेदी , गैर आवासीय नेपाली संघ, अन्तराष्ट्रिय समन्वय समिति उपाध्यक्ष कुल आचार्य, प्रवासी नेपाली मञ्चका संस्थापक  अध्यक्ष आङकलजङ लामा पुर्ब अध्यक्षहरु  दिनेश घिमिरे, रामशरण सिम्खडा, नेपाल जनप्रगितिशिल मञ्चका युके अध्यक्ष ठाकुर शर्मा, पुर्ब नेकपा माओ बादी एकीकृतका केन्द्रिय सदस्य कर्ण शाही , गैर आवासीय नेपाली संघ युके अध्यक्ष  योग कुमार  फगामी, प्रवासी नेपाली मञ्च सल्लाहकार ज्युहरु,भुपु सैनिक सङठन गेसोका अध्यक्ष कृष्ण कुमार राई ,जन सम्पर्क समिति युकेका अध्यक्ष युबराज गुरुङ लगायत थुप्रै संस्थाको प्रतिनिधिहरुको सहभागीता थियोे ।
उक्त कार्यक्रमको अध्यक्षता प्रबासी नेपाली मन्च युकेका कार्यबाहक अध्यक्ष  रामजी बरालले गर्नु भयको थियो ।


कार्यक्रमको सन्चालन ओएनएफ युकेका महासचिव बिजय लिम्बूले गर्नु भयको थियो भने स्वागत मन्तव्य नेपाल जनप्रगतिसिल मन्चका कार्यबाहक अध्यक्ष ठाकुर शर्माले गर्नु भयको थियो। उक्त अन्तरक्रिया कार्यक्रममा नेकपाका बरिस्ठ नेता माधब कुमार नेपाल नेपालीको बर्तमान राजनैतिक परिस्थिति , पार्टी एकता , गैर आबसिय नेपाली , भु पु गोर्खा  सैनिकहरु सम्बन्धमा प्रकाश पार्नु भयको थियो । साथै नेकपाले नेपालीहरुको हकहितका लागि हरेक नेपालीहरुको दुख सुखमा साथ दिदैं बिकास निर्माण साथै समृद्धिका लागि  काम गरिरहेको  बताउनु भएको थियोे ।


उक्त कार्यक्रममा उपस्थिति विभिन्न संघसंस्थाका प्रतिनिधि लगायत उपस्थिति ब्यक्तीहरुको जिज्ञासा तथा प्रश्नहरुको उत्तर दिदै एक पटकको नेपाली  सधैको लागि नेपाली नै रहने गैर आबसिय नागरिकता सम्बन्धि प्रष्ट पार्नु भयको थियो ।

उक्त कार्यक्रममा विशाल जनसमुदायको उपस्थिति रहेको थियोे । अलि फरक ढंगबाट संचालित गरिएको उक्त कार्यक्र्रममा समय र  बिषयबस्तुमा केन्द्रित भयको थियो ।
बिभीन्न ब्यक्तिहरूले सोधेका प्रश्नको जवाफ दिनु हुदै बसेकै ठाउमा निर्वाचनहरू जीतेर नेपालको नाम उच्च बनाउन शुभकामना दिनु भयको थियो।

( फोटो गोरखा मीडियि)




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?