Friday January 21, 2022

केपी शर्मा ओलीतिर गम्भीर प्रश्न

६ मंसिर, २०७५ शीतलपाटीन्युज डटकम 2042


केपी शर्मा ओलीतिर गम्भीर प्रश्न

शीतलपाटीन्युज डटकम

नवगठित नेपाल कम्युनिष्ट पार्टी नेकपाका २१ केन्द्रिय सदस्यले आफ्नै पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीतिर गम्भीर प्रश्न तेस्र्याएका छन् । केपी पक्षले भने २१ जना केन्द्रीय सदस्यलाई माधकुमार नेपाल पक्षले नियोजितरुपमा उचालेको आरोप लगाएको छ । 

उक्त पक्षका एक वरिष्ठ नेताले आफ्नो नाम नराखी उल्लेख गर्ने सर्तमा भने — यो माधवकुमारकै उक्साहटमा भएको हो, पार्टीभित्र समीक्षा हुन्छ । भोलिको सचिवालय बैठकलाई प्रभावित पार्ने खेल हो । स्मरणीय छ, केही दिनअघि उक्त पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले संसद्बाटै सरकार र पार्टी नेतृत्वको कटाक्ष गर्नुभएको थियो ।, आजको नेपाल समाचारपत्रमा यो खबर छ । 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?