Tuesday December 06, 2022

अमेरिकामा सगुनले ‘सगुन फाउण्डेशन” स्थापना गरेको घोषणा गर्दै १० लाख डलर बराबरको इक्युटी शेयर (स्वामित्व शेयर) छुट्याएको सार्बजनिक

२ श्रावण, २०७५ शीतलपाटीन्युज डटकम। 2363



शीतलपाटीन्युज डटकम।

अल्डरसट, लण्डन । फाउण्डर गोविन्द गीरी रहेको अमेरिकामा स्थापना भयको सोसल कमर्स साइट सगुन डटकमले गैर आवासीय नेपाली संघ यूकेले बेलायतमा निर्माण गर्ने नेपाल हाउस ड्रीम प्रोजेक्टका लागि लगानी १ लाख डलर बरावरको शेयर स्वामित्व प्रदान गरेको छ। 

कल्याणकारी कार्यहरु गर्ने उद्धेश्यले सगुनले हालै स्थापना गरेको सगुन फाउण्डेसनबाट युकेमा रहेका नेपालीहरुले इच्छा गरेको नेपाल हाउस ड्रीम प्रोजेक्टलाई सहयोग स्वरुप उक्त शेयर प्रदान गरेको हो । 

सोमबार सांझ अल्डरसटमा आयोजित एक समारोहमा सगुन र एनआरएन यूके र युकेका सामाजीक अभीयन्ता बीच शेयर सहयोग सम्बन्धी समझदारीपत्र हस्तान्तरण गर्दा लण्डनस्थित नेपाली दूतावासका डिपुटी चीफ अफ मीसन शरदराज आरण, एनआरएन यूके अध्यक्ष योग कुमार फगामी, एनआरएन युकेका प्रमुख संरक्षक डम्वर घले, संरक्षक योगेन क्षत्री , संरक्षक एवम सगुनका युके सल्लाहाकार सुर्य गुरुड्ग, सगुनका युके संयोजक युवराज सेढाई, तमुधी युकेका अध्यक्ष ज्ञाम गुरुड्ग समेत र बेलायतस्थित विभिन्न नेपाली संघसंस्थाका प्रतिनिधीहरुको उपस्थिति थियो। सगुन र एनआरएन यूकेबीच समझदारीपत्र हस्तान्तरण सम्पन्न गर्दा सगुनका तर्फबाट संस्थापक गोविन्द गिरी र एनआरएन यूकेका तर्फबाट अध्यक्ष योगकुमार फगामीले हस्ताक्षर गरेका छन् । 

समझदारीपत्र हस्तान्तरण कार्यक्रममा प्रमुख अतिथी लण्डनस्थित नेपाली दूतावासका उपप्रमुख शरदराज आरणको उपस्थीतीमा सगुनका तर्फबाट एनआरएन यूकेका पूर्व अध्यक्ष समेत रहेका सगुनका सल्लाहकार सुर्य गुरुङ र एनआरएन यूकेका तर्फबाट अध्यक्ष योगकुमार फगामीले समझदारीपत्र आदानप्रदान गरेका थिए । 

सगुनले बिना शर्त समाजमा  कल्याणकारी कार्यहरु गर्न सगुन फाउण्डेसनबाट पहिलो सहयोग बेलायतबासी नेपालीहरुको साझा घर नेपाल हाउस प्रोजेक्टलाई सहयोग गरेको हो । सगुन कम्पनीको अहिलेको मुल्य अनुसार नेपाल हाउसलाई प्रदान गरिएको १ लाख डलर बराबरको शेयर हो।

समझदारीपत्र हस्तान्तरण कार्यक्रममा सगुनका सल्लाहकार सुर्य गुरुङले सगुन फाउण्डेसनले आफ्नो सबैभन्दा पहिलो सहयोग बेलायतको नेपाली समुदायलाई गर्न पाउंदा खुशी व्यक्त गरे । विश्वमा नेपाल र नेपालीको गौरव बढाउने लक्ष्यसहित नेपालीहरुबाटै सगुनले नेपाल हाउस प्रोजेक्टको लागि निशर्त रुपमा यो सहयोग दिएको स्पष्ट पार्दै सल्लाहकार गुरुङले बेलायतका नेपालीहरुले देखेको नेपाल हाउसको सपनालाई सार्थक बनाउन यो सहयोगले भुमिका खेल्ने उनको विश्वास छ। सो अवसरमा गुरुड्गले एउटा नेपालीले गरेको लगानीमा अरु नेपालीले सहयोग गरेमा नेपालीहरु सफल हुने कुरा दुइ मत नभयको पनि स्पष्ट पारे । त्यस्तै एनआरएन यूकेका अध्यक्ष योगकुमार फगामीले बेलायतबासी नेपालीहरुको साझा सपनाका रुपमा रहेको नेपाल हाउसलाई सगुनले देखायको चासो र सहयोगका लागि आभार प्रकट गरे। 

कार्यक्रमका प्रमुख अतिथी लण्डनस्थित नेपाली दूतावासका उपप्रमुख शरदराज आरणले एनआरएन यूके र सगुनबीच सुरु भएको सहकार्यको सफलताको पनि शुभकामना दिए । यो सहकार्यले यूकेको नेपालीहरुको चाहाना नेपाल हाउस प्रोजेक्टका साथै सगुनको अभियानलाई समेत सफल पार्न सहयोगी भुमिका खेल्ने आशा उनले व्यक्त गरे । 

सगुनका बेलायत संयोजक युवराज सेढाईंले कार्यक्रममा एक पावरपोइन्ट प्रिजेन्टेसन मार्फत सगुन डटकमको अवधारणा कनेक्ट, शेयर, अर्न र  स्थापनाको पृष्ठभुमिका साथै यसका प्रोडक्टहरु र भावी लक्ष्यबारे जानकारीहरु प्रस्तुत गरेका थिए । 

कार्यक्रममा एनआरएन यूकेका प्रमुख संरक्षक मेजर रिटायर्ड डमर घले, पूर्व अध्यक्ष योगेन क्षेत्री, एनआरएन आइसिसी सदस्य रामशरण सिंखडा, जनसम्पर्क समिति अमेरिकाका सभापति आनन्द विष्ट, तमुधि यूके अध्यक्ष ज्ञाम गुरुङ, नेपाल पत्रकार महासंघ बेलायतका अध्यक्ष नरेश खपांगीमगर, एनआरएन मिडिया समिति उपसंयोजक चिरन शर्मा, एनआरएन यूके सल्लाहकार शिवजी श्रेष्ठ, काउन्सिलर लक्ष्य गुरुङ, एनआरएन यूके व्यापार विभाग संयोजक गंगा राना लगायतले शुभकामना मन्तव्य राख्दै सगुनको लगानीले नेपालीहरुलाई फाईदा हुने बिचार ब्यक्त गरे।

एम्पायर हल अल्डरसटमा भयको सो कार्यक्रम एनआरएन यूके महासचिव आरके त्रिपाठीले सञ्चालन गरेको र उपाध्यक्ष शेर सुनारले स्वागत मन्तव्य दिएका थिए । पर्वत अन्तराष्ट्रिय समाजका अध्यक्ष पुरन गीरी एनआरएन आइसिसी सदस्य कुमारी गुरुङ, एनआरएन आइसिसीका रोड सेफ्टी टास्कफोर्स संयोजक थर्क सेन,  एनआरएन यूकेका उपाध्यक्षहरु पुनम गुरुङ, प्रेम गाहा, ललितकुमार न्यौपाने र सुशिला राई, कोषध्यक्ष सचिन श्रेष्ठ,सल्लाहाकारहरु कृष्ण तिमल्सीना, लोक गुरुङ, फडिन्द्र भट्टराई, हरिकाजी गुरुङ, बाचस्पति रेग्मी, सपनकुमार राई, कृष्ण गुरुङ, पीपल मोर्गेजका सुर्य गुरुङ लगायतका समाजका अगुवाहरुको उपस्थिति थियो ।

लगानीका लागी:-

www.sagoon.com/invest



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?