Monday July 04, 2022

चलचित्र ‘गरुड पुराण’को ‘म त पिरिममा’बोलको गीत सार्वजनिक (भिडियो)

७ मंसिर, २०७५ शीतलपाटीन्युज डटकम 41230


चलचित्र ‘गरुड पुराण’को ‘म त पिरिममा’बोलको गीत सार्वजनिक (भिडियो)

शीतलपाटीन्युज डटकम 

चलचित्र ‘गरुड पुराण’मा समावेश ‘म त पिरिममा’बोलको गीत सार्वजनिक गरिएको छ । गीतको भिडियोमा नायक निश्चल र कर्मासँगै नवनायिका प्रियंका सिंह ठकुरी देखिएकी छिन् । निश्चलको जोडीको रुपमा अन्जली योञ्जन देखिएकी छिन् । गीतमा कोसिश क्षेत्रीको संगीत रहेको छ भने दिनेश राउतले लेखेका हुन् । गीतमा कोसिस र मनिषा पोखरेलको स्वर रहेको छ । कोरियोग्राफी रेनाशावान्तवा राईले गरेकी छिन् । पारिवारिक प्रेमकथामा आधारित गरुड पुराणमा हाँस्य रस पनि रहेको निर्देशक सुबास कोईरालाको भनाई छ ।

‘चलचित्र रमाइलो बनाउने प्रयास गरेका छौ, त्यहि अनुरुप गीत पनि तयार गरेका हौ’ निर्देशक कोइराला भन्छन् ‘गीत फिल्मकै कथाअनुसार तयार गरेका हौ ।’ आकाश बराल, बिनोल खतिवडा र सुवास आफैंले लेखेको यो चलचित्रको कथाकसम नेपालको हो । सुसन प्रजापतिको छायाँकन रहेको चलचित्र उज्जवल ढकालले सम्पादन गर्दैछन् । निर्माताको रुपमा अजित प्रजापति र अशोक गौतम रहेका छन् ।

video:

 



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?