९ मंसिर, २०७५
शीतलपाटीन्युज डटकम।
अमेरिका बस्दै आएका विकास अधिकारीसँग बिवाह बन्धनमा बाँधिएकी नायिका युना उप्रेती आमा बनेकी छिन् । उनले अमेरिकास्थित एक अस्पतालमा आइतबार मङसिर ५ गते छोरीलाई जन्म दिएकी हुन । छोरीको नाम सायरा राखेकी छिन् ।
उनले आफू आमा बनेको फोटो सहित बच्चा र आमा दुवै स्वस्थ्य रहेको र घरमा छोरीको जन्म भएकोमा सम्पुर्ण परिवार खुशि रहेको जानकारी गराउदै लेखेकी थिइन् ‘हाम्रो परिवारको नयाँ सदस्य पाउँदा निकै भाग्मानी महसुस गरिरहेका छौं।’
सार्वजनिक फोटोमा अन्य सेलिब्रेटी, उनका फ्यान ,आफन्त अन्य धेरैले सामाजिक सञ्जालमा धेरैले बधाई दिईरहेका छन् ।