Saturday October 23, 2021

かついた」勤務中に爆破予告

३ श्रावण, २०७५ शीतलपाटीन्युज डटकम 1247



शीतलपाटीन्युज डटकम।

काठमाण्डौ । प्रहरीले एकसय वर्ष पुरानो प्राचीन पुरातात्विक महत्वको बालगोपालको मूर्तिसहित २ जनालाई पक्राउ गरेको छ । महानगर अपराध महाशाखाको टोलीले पाल्पा, छहरा–४ का २७ वर्षीय दोखबहादुर सोमइलाई पेरिसडाँडा र काभ्रे, तेमाल–५ का ३७ वर्षीय दीपक मैनालीलाई ग्वार्कोबाट पक्राउ गरेको हो ।

सोमइले मूर्ति बेच्न लागेको सूचनापछि पेरिसडाँडास्थित कोठा खानतलासी गर्दा ८ किलो १ सय ७० ग्रामको ढलोटको ३४ सेन्टिमिटर लामो मूर्ति बरामद भएको र मैनालीले बेचबिखन गर्न दिएको पाइएको छ । मूर्ति परीक्षण गर्दा पुरातात्विक भएको पाइएपछि प्राचीन स्मारक संरक्षण ऐन बमोजिम कारबाही अघि बढाइएको प्रहरीले जनाएको छ ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?