Wednesday December 01, 2021

नेताका नामका संस्थालाई बजेट

१३ मंसिर, २०७५ शीतलपाटीन्युज डटकम 4674


नेताका नामका संस्थालाई बजेट

शीतलपाटीन्युज डटकम।

प्रदेश सरकारले नेता तथा राजनीतिकर्मीका नाममा खोलिएका प्रतिष्ठानका लागि पुँजीगत अनुदान भन्दै ठुलो रकम दिएको छ । 
यस आर्थिक बर्षभित्र खर्च गर्ने गरी प्रदेश सरकारले ११ वटा प्रतिष्ठानलाई ७ करोड १० लाख रुपैयाँ रकम विनियोजन गरेको छ । बजेट भाषणमै प्रतिष्ठानका लागि रकम विनियोजन गरिएको थियो । आर्थिक मामिला तथा योजना मन्त्रालयले रकम दिने तयारी गरेको छ । 

मोरङको उर्लावारीस्थित मदन भण्डारी स्मृति प्रतिष्ठानका लागि २ करोड रुपैयाँ विनियोजन गरिएको छ । तत्कालीन एमाले नेता भण्डारीका नाममा उर्लावारी प्राविधिक शिक्षालयसमेत सञ्चालन गर्दै आएको छ । 

सुनसरीको तरहस्थित सहिद आवसीय विद्यालयका लागि १ करोड ५० लाख रुपैयाँ दिइने भएको छ ।, आजको कान्तिपुरदैनिकमा यो खबर छ । 
 




मतहरू

Fancy latex grade zinc oxide powder

Blue Indoor Door Mat Fancy latex grade zinc oxide powder


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?