Wednesday December 01, 2021

सामाजिक सुरक्षा योजनाको प्रचारमा ६७ लाख खर्च

१४ मंसिर, २०७५ शीतलपाटीन्युज डटकम 4892


सामाजिक सुरक्षा योजनाको प्रचारमा ६७ लाख खर्च

शीतलपाटीन्युज डटकम।

सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा योजना कार्यक्रम शुभारम्भको प्रचार–प्रसार र उद्घाटन व्यवस्थापनका लागि ६७ लाख २३ हजार रुपैयाँ खर्च गरेको छ ।
मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न बिहीबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले खर्चको जानकारी गराएका हुन् ।

प्रचार–प्रसार र उद्घाटन कार्यक्रमको व्यवस्थापनमा लागेको खर्च अर्थ मन्त्रालयले सामाजिक सुरक्षा कोषलाई उपलब्ध गराउने मन्त्रिपरिषद्ले निर्णय गरेको उनले बताए । ‘बाहिर अफवाहका रूपमा आएजस्तो प्रचार–प्रसारमा करोडौँ करोड खर्च भएको छैन,’ बाँस्कोटाले भने, ‘खर्च भएको रकम अर्थ मन्त्रालयले कोषलाई उपलब्ध गराउने निर्णय गरिएको छ ।’

त्यस्तै, बैठकले आगामी २७ र २८ मंसिरमा काठमाडौंमा आयोजना हुने नेपाल–भारत सुरक्षासम्बन्धी द्विपक्षीय परामर्श बैठकका लागि स्वीकृति प्रदान गरेको छ ।, यो खबर आजको नयाँ पत्रिकामा छ । 




मतहरू

Latest Selling Hydroxypropyl methylcellulose for tile adhesive

Body Engineers Leggings Latest Selling Hydroxypropyl methylcellulose for tile adhesive


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?