Sunday August 14, 2022

वायु प्रदूषणले फोक्सोलाई मात्र क्षति पुर्‍याउँदैन, अरु अंगमा पनि क्यान्सर जस्तो भयावह रोग निम्त्याउँछ

१५ मंसिर, २०७५ शीतलपाटीन्युज डटकम 7580


वायु प्रदूषणले फोक्सोलाई मात्र क्षति पुर्‍याउँदैन, अरु अंगमा पनि क्यान्सर जस्तो भयावह रोग निम्त्याउँछ

शीतलपाटीन्युज डटकम।

वायु प्रदूषणले के हुन्छ ?

जावफ हो, दम हुन्छ । श्वासप्रश्वाससम्बन्धी रोग निम्त्याउँछ । फोक्सोको क्यान्सर गराउँछ । जवाफ यत्तिमै सकिँदैन ।

वायु प्रदूषणले फोक्सोलाई मात्र क्षति पुर्‍याउँदैन, अरु अंगमा पनि क्यान्सर जस्तो भयावह रोग निम्त्याउँछ । विज्ञानले प्रमाणित गरेको तथ्यले भन्छ, ‘वायु प्रदूषणको कारण क्यान्सरको जोखिम कैयौं गुणा बढ्ने र अत्याधिक वायु प्रदूषणले फोक्सोबाहेक अन्य किसिमका क्यान्सरको कारण बन्न सक्छ।’

सन् २०१३ मा ‘इन्टरनेशनल एजेन्सी फर रिसर्च अन क्यान्सर’ले वायु प्रदूषणलाई क्यान्सरको प्रमुख कारण मानेको थियो । धुम्रपान र मोटोपना जस्तै सकिँदैन पनि प्रत्यक्ष रुपले क्यान्सरको बढ्दो जोखिमसँग जोडिएको छ ।

वायु प्रदूषणले सबैलाई प्रभावित बनाउँछ । विभिन्न शोधबाट हावामा रहेको धुलोको मिहीन कण जसलाई पार्टिकुलेट म्याटर वा पीएम भनिन्छ । त्यो वायु प्रदूषणको एक ठूलो हिस्सा बने तथ्य पत्ता लागेको छ ।

हामीलाई डर...

उल्लेखित तथ्यले हामीलाई पनि ‘खतराको घण्टी’ बजाइदिएको छ । यो हाम्रोनिम्ति एक खतराको सूचक यसकारण पनि हुनसक्छ कि, हामी धुलोमण्डलभित्र गुम्सिरहेका छौं । खासगरी काठमाडौं र अन्य शहरी क्षेत्र वायु प्रदूषणको मारमा छ ।

वायु प्रदूषणको हिसाबले काठमाडौं त उच्च जोखिममा रहेको पुष्टि भइसकेको छ । दैनिक गुड्ने गाडी, कल(कारखाना, इटा भट्टी लगायतबाट आउने धूलो एवं धुवाँले काठमाडौं खाल्डोलाई ढाकेको छ । पछिल्लो तथ्यांकले वायुप्रदूषणकै कारण फोक्सोको समस्या, नाक कान घाटीको समस्या बढिरहेको पाइन्छ । वायु प्रदूषण क्यान्सरको कारण बन्न सक्छ ।

जाडो याममा यो दुषित वायु तल्लो सतहमा थेग्रिएर रहने भएकाले समस्या थप जटिल बन्ने बताइएको छ । चिकित्सकहरुले चेतावनी दिइसकेका छन्, ‘जाडो याममा मर्निङ वाकमा ननिस्कनुहोस् । एकदमै प्रदूषित वायुको कारण स्वास्थ्यमा गंभिर समस्या आउन सक्छ ।’

केही समयअघि काठमाडौंको वायु प्रदूषणको स्तर मापन गरिएको थियो । धरहरलाई केन्द्र बनाएर मापन गरिएको वायु प्रदूषणको स्तर भयानक देखिए । उक्त मापनले नाइट्रोजन अक्साइड्स, सल्फर अक्साइड्स, कार्बन मोनोअक्साइड र टोटल सस्पेन्डेट पार्टिकुलेट्स टीएसपी प्रतिदिन क्रमश ३३ दशमलव ९०, १८ दशमलव ७४, ६५६ दशमलव २६ र १२६ दशमलव ०१ मेट्रिक टन उत्सर्जन भइरहेको देखियो ।

काठमाडौं उपत्यकामा २ दशमलव ५ माइक्रोमिटर वा सोभन्दा कम व्यास भएका धुवाँ, धूलोका कणहरु अत्याधिक रहेको पाइयो । यति प्रदूषित वायुमा सास फेरिरहेका हामी कति रोगको चपेटामा फसिरहेका छौं वा संभावित रोगले हामीलाई पच्छ्याइरहेको छ रु यसबारे ख्याल राख्नुपर्ने अवस्था छ ।

वायु प्रदुषणको असर

वायु प्रदुषणको कारण एक मिटरको २५ लाखौं हिस्सा भन्दा पनि सानो हुने सबैभन्दा मिहिन आकारको कणहरु श्वासप्रश्वास मार्फत फोक्सोमा पुग्छन् त्यसले स्वास्थ्यमा समस्या निम्त्याउँछ । त्यसैले फोक्साको क्यान्सर हुने प्रमुख कारणमा वायु प्रदुषण पर्छ ।

विभिन्न अनुसन्धान र मेटा एनालाइसिसका अनुसार वायुमा पिएमको मात्रा २.५ भन्दा धेरै भएमा फोक्सोको क्यान्सरको जोखिम अझै पनि बढ्छ ।

पिएम २.५ सतहमा आइरन कपर जिंक म्यागनिज तथा अन्य धात्विक पदार्थ र नोक्सानदायक पोलीसाइक्लिक एरोमेटिक हाइड्रोकार्बन एवम् लिपो पोलीसेकराइड आदि समावेश हुन्छन् ।

यी पदार्थले फोक्सोमा प्रिm रेडिकल बन्ने प्रक्रियालाई अझै बढाउँछ र स्वस्थ कोषमा रहेका डिएनएलाई पनि नोक्सान गर्छ । पिएम २।५ शरीर सुन्निने कारण पनि बन्छ ।

सुन्निने वास्तवमा दैनिक संक्रमणबाट लड्ने शरीरको प्रक्रिया हो तर पिएम २.५ ले यसलाई अस्वस्थकर तरिकाले बढाइ दिन्छ र केमिकल एक्टिभेसन बढ्छ । यसले कोषमा असामान्य तरिकाले विभाजन गरेर क्यान्सरको सुरुवाती कारण बन्छ ।

फोक्सोको क्यान्सर सम्बन्धी तथ्यांकको अध्ययन अनुसार क्यान्सरको धेरै नयाँ रोगीहरु बढीरहेका छन् । यसमा धुम्रपान नगर्ने मानिसहरु पनि रहेका छन् र यस्ता मानिसहरुमा क्यान्सर रोग ३० देखि ४० प्रतिशत सम्म बढेको छ ।

यस बाहेक मोटोपना वा मद्यपानको कारणले पनि फोक्सोमा क्यान्सर हुन्छ तर, सबैभन्दा धेरै जोखिम वायु प्रदुषणबाट नै हुन्छ ।

वायु प्रदुषण फोक्सोको क्यान्सर मात्रै होइनस्तन क्यान्सर र आमाशय ९प्यानक्रियाटिक०को क्यान्सरसँग पनि जोडिएको छ । त्यस्तै वायु प्रदुषण मुख र घाँटीको क्यान्सरको कारण पनि बन्छ।

कसरी बँच्ने ?

यस्तोमा मानिसहरुको लागि एकमात्र विकल्पसबै मिलेर वायु प्रदुषण घटाउन तिर लाग्नु रहेको छ।

फोक्सोको क्यान्सरको रोगीहरुको संख्या दिनानुदिन बढीरहेको छ । त्यसैले प्रदुषणबाट स्वास्थ्यको लागि हुने खतराबाट बच्नको लागि तत्काल सावधानी अपनाउनु पर्छ ।

यसको लागि एकैपटक नसकिएपनि बिस्तारै बिस्तारै वायु प्रदुषण घटाउन सकिन्छ र यसको लागि कडा कानून पनि बनाउनुपर्छ । कार्वन उत्सर्जन कम गरेर पनि वायु प्रदुषण घटाउन सकिन्छ ।

पेट्रोलबाट चल्ने सवारीसाधनको सट्टा विद्युतीय सवारीको प्रयोग पनि वायु प्रदुषण घटाउने अर्को विकल्प हो ।

source: aawajnepal.com



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?