Saturday January 28, 2023

एनआरएन यूकेले गर्यो उपसभामुखसहित सांसद र नेताको टोलीलाई भब्य स्वागत

१५ मंसिर, २०७५ शीतलपाटीन्युज डटकम। 8230


एनआरएन यूकेले गर्यो उपसभामुखसहित सांसद र नेताको टोलीलाई भब्य स्वागत

शीतलपाटीन्युज डटकम।

अलडरसट, लण्डन । बेलायत भ्रमणमा रहेकी उपसभामुख शिव माया तुम्बाहाम्फेसंग गैर आवासीय नेपाली संघ युकेले भेटघाट र अन्तरक्रिया कार्यक्रमको आयोजना गर्यो । अल्डरसट स्थित एम्पायर हालमा शुक्रवार आयोजित अन्तरक्रिया कार्यक्रममा सांसद नवीना लामा, पुर्व सांसद तारा राई, राष्ट्रिय जनमुक्ती पार्टीको उपाध्यक्ष कमला थापा लगायतको उपस्थिति रहेको थियो।

प्रमुख अतिथि उपसभामुख डा शिव माया तुम्बाहाम्फे रहेको सो कार्यक्रम एनआरएनयुके अध्यक्ष योग बहादुर फगामीको अध्यक्षतामा भयको थियो । गैरआवासीय नेपालीहरु जहाँ बसे पनि एउटै आवाज रहेको बताइन् । उनले नेपालको संबिधान लचकदार भएकोले जनचाहना अनुरुप संबिधानको मूलमर्म नबाझिने गरि संसोधन हुनसक्ने बताइन् । उनले गैर आवासीय नेपालीहरुको नागरिकताको बिषयलाई सम्बन्धित संसदीय समिति सम्म पुराउने बचन दिएकीछन । उनले गैर आवासीयहरु नेपालीहरुको अधिकार संबिधानको मर्म अनुरुप नागरिकतामा सुनिश्चीत गर्न आफु लाग्ने  कुरा बतायकी छन्।

एनआरएन युकेकी उपाध्यक्ष सुसीला राई संयोजक रही संचालन भयको सो कार्यक्रम एनआरएन युकेका पुर्व अध्यक्ष एवम एनआरएन अन्तराष्ट्रिय उपाध्यक्ष कुल आचार्य समेतको उपस्थीत थियो। उपाध्यक्ष आचार्यले सो कार्यक्रमलाई संबोधन गर्दै नेपालबाट गैर कानुनी रुपमा बेलायत पैसा भित्रीएको बताए। उनले देशको आर्थिक विकास हुन्छ भने विदेशबाट नेपाल पैसा लैजाने प्रक्रिया सहज गरायमा नेपालबाट बाहिरीने पैसा रोकिने कुरामा जोड दिएका थिए।

राष्ट्रिय जनमुक्ती पार्टीको उपाध्यक्ष कमला थापाले कार्यक्रमलाई सम्बोधन गर्दै एनआरएन नागरिकताको सुनिस्चित नभए सम्म समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्य पुरा नहुने बताइन् । उनले भूपू गोर्खाहरुको नागरिकताको समेत ग्यारेन्टी हुनु पर्नेमा जोड दिइन्।

पुर्व संसद तारा राईले राजनीति चेतना नहुदाँ राजनीति प्रति घृणा बढेको दिइन् । उनले नेपाली राजनीतिमा महिलाहरुको भूमिका बढेको विचार राख्दै अब संसदमा पनि ५० प्रतिसत महिला हुनु पर्नेमा जोड दिइन् ।

संसद नविना लामाले विदेशमा बस्ने नेपालीले देशको लागि गरेको योगदानको प्रशंसा गरिन्। उनले महिलाहरुको विकास राम्रोसंग हुन् नसके पनि राजनीतिमा महिलाहरु सहभागिता सन्तोषजनक रहेको बताइन । उनले विदेशमा बस्ने नेपालीमा राष्ट्रप्रतिको भावना धेरैनै पाएको बताउदै समृद्ध नेपालको अभियानमा लाग्न आब्हान गरेकी थिइन ।सो भेटघाट कार्यक्रममा पुनम गुरुङले स्वागत मन्तब्य दिनु भयको थियो।उपाध्यक्ष गुरुड्गले नेपालमा बढेको महिला हिंसालाई नियन्त्रण गर्न सरकार असफल रहेकोले पंतको घटना चाडो पहिचान गरी न्याय देओस भन्ने चाहान्छु भन्नु भयो ।

गोर्खाहरुको नागरिकता निरन्तरता सुझाब सहितको ज्ञापनपत्र बुझाइएको सो अवसरमा एनआरएन यूकेले बुझाएको ज्ञापनपत्र उपाध्यक्ष ललीत न्यौपानेले पढेर सुनाउनु भयको थियो । नेपाल सरकारले गैर आवासीय नेपाली नागरिकता दिने संविधानत व्यवस्था गरेको भए पनि नागरिकता प्राप्त गर्न केही असहजता भएको तथा गोर्खाहरुको नागरिकता निरन्तरता दिन सुझाब सहितको ज्ञापनपत्र बुझाइएको एनआरएनए युके उपाध्यक्ष एवं कार्यक्रम संयोजक सुशिला राईले जानकारी दिनुभयो ।

कार्यक्रममा सहारा युके अध्यक्ष मीन गुरुङ, तमुधी युके उपाध्यक्ष हितकाजी गुरुङ, बिश्वदीप तिगेला, लिला गुरुङ, श्री लिम्बु, बिजय लिम्बु, एनआरएन युके उपाध्यक्ष ललित न्यौपाने, अन्तराष्ट्रिय नेपाली समाजका अध्यक्ष चन्द्र गुरुङ, यती नेपाली एसोसीयसनका पुर्व अध्यक्ष उमेस मोक्तान, महासचीव बाचस्पति रेग्मी, प्रवासी नेपाली मंचका कार्यवाहक अध्यक्ष रामजी बराल, भक्त गुरुड्ग, मीलन तमु गुरुड्ग, पुर्ण गुरुड्ग, नरेन्द्र नेवाड्ग, बिमला सेनी लगायतको उपस्थिती थियो ।



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?