१४ असार, २०७५
शीतलपाटीन्युज डटकम।
लण्डन । बाग्लुङ क्षेत्र नं १ बाट निर्वाचित सांसद डा. सूर्य पाठक लण्डन भ्रमणमा आउने भएका छन् । पत्रकार चिरन शर्माका अनुसार डा पाठक नेपालब्रिटेन डट कमको ११ औं वार्षिकोत्सवमा बिशिष्ठ अतिथिको रुपमा कार्यक्रममा भाग लिन बेलायत आउन लागेका हुन् ।
जुलाईको तेस्रो साता लण्डन आइपुग्ने पाठकले वेलायतस्थित संसद भवनको समेत अवलोकन गर्ने जानकारी शर्माले दिए । जापानको क्रिचियन युर्निभरसिटीबाट विद्यावारिधी गरेका पाठक गैरआवासीय नेपाली संघका केन्द्रिय सल्लाहाकार समेत हुन् ।
नेपालब्रिटेन डट कमको आयोजनामा हुने उक्त कार्यक्रमलाई गैरआवासीय नेपाली संघका संरक्षक जीवा लामिछाने, संघका अध्यक्ष भवन भट्ट लगायतले सम्वोधन गर्ने कार्यक्रमतय भएको छ । कार्यक्रममा वेलायतस्थित नेपाली समूदायका चर्चित १० जना व्यक्तित्वहरुलाई मिडिया प्रसनालिटी अफ दी यर को रुपमा सम्मान गर्ने तयारी गरिएको छ ।