२० मंसिर, २०७५
शीतलपाटीन्युज डटकम।
१० डाउनिड्ग स्ट्रीट,लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको टोलीले बेलायती प्रधानमन्त्री टेरेसा मेलाई २०२१ मा हुने जनगणना सम्बन्धी कुरालाई लीयर ज्ञापन पत्र बुझाएको छ । संघले सन २०२१ मा हुने जनगणनामा भारतीय, पाकीस्तानी भनेर गणना गरे जस्तै नेपालीको पनि पहिचान हुने गरी " नेपाली" उल्लेख गर्न माग गर्दै सो ज्ञापन पत्र बुझाइएको हो ।
आज प्रधानमन्त्रीको निवास टेन डाउनिङ्ग स्ट्रीट लण्डनमा पुगेर एनआरएन यूकेले ज्ञापन पत्र बुझाएको हो। ज्ञापनपत्र बुझाउन एनआरएन यूकेका अध्यक्ष योगकुमार फगामीको नेतृत्वमा स्थानिय अल्डरसटका सासंद लियो डोचर्टी, रसमोर बरो काउन्सिलका लीडर डेभीड ल्कीफोर्ड, युके नेपाल फेलोसीपका अध्यक्ष अलान सान्का, साहारा युकेका अध्यक्ष मीन गुरूङ, एनआरएनयुके उपाध्यक्ष पुनम गुरूङ, ग्रेटर रसमोर नेपाली कम्युनिटीका अध्यक्ष जीव बेलवासे प्रधानमन्त्रीको सचीवालय पुगेका थिए।
एनआरएन अन्तराष्ट्रिय उपाध्यक्ष कुल आचार्य, एनआरएन युके संरक्षक सुर्य गुरुङ , एन आर एन ट्राफिक मेनेजमेन्ट संयोजक थर्क सेन, युरोप महिला सह संयोजक संगीता मरहट्टा, एनआरएन युके उपाध्यक्षहरु शेरबहादुर सुनार, प्रेम गाहा मगर,ललित कुमार न्यौपाने, सुशिला राई,महासचिव आर के त्रिपाठी, शीव कल्चर एण्ड कम्युनीटी सेन्टरका अध्यछ्य रोहित गुरूङ, काउन्सिलर लक्ष्य गुरुङ, तमुधी युके अध्यक्ष ज्ञाम गुरूङ, मगर संघ युकेका उपाध्यक्ष एवम पाल्पाली समाजका अध्यक्ष बम बहादुर सुर्यबंशी, नारायण गाउँले, होमनाथ पौडेल, मिड्ल्यान्ड क्षेत्र साझा नेपाली समाज यू.के पिटरबरो प्रतिनिधि महेश अधिकारी, पवन शर्मा, दयानिधि सापकोटा, रण बहादुर केशी, सीध्दार्थ क्षत्री, कमल पौडेल, नेपालीपत्रका सम्पादक ध्रुव राज अर्याल, लण्डन नेपाल न्युजका प्रकास कडेल, शीतलपाटीन्युजका बाचस्पति रेग्मी, एनआरएन युकेका पदाधिकारीहरु, एनआरएन युकेका सल्लाहकारहरु एवं सदस्यहरु समेत बेलायती प्रधानमन्त्री टेरेसा मेको कार्यालय आगाडी करीब दुइ सय नेपालीहरुको उपस्थिति रहेको सो सभामा ज्ञापनपत्रमा बेलायतमा सन् २०२१ मार्च महिनामा हुन गइरहेको जनगणनामा एसियन मात्र नभएर भारत, पाकिस्तानले आफ्नै नाम पाय जस्तै नेपाली क्याटागोरी राख्न माग गरिएको थियो।
एनआरएन युकेका महासचीव राज कुमार त्रीपाठी र उपमहासचीव विनय अधीकारीले संचालन गरेको सभामा सासंद लियो डोचर्टी, काउन्सील लीडर डेभीड क्लीफोर्ड, युके नेपाल फेलोसीपका अध्यक्ष आलान सान्का, एनआरएन अन्तराष्ट्र्रिय उपाध्यक्ष कुल आचार्य, एनआरएन युके पुर्व अध्यक्ष एवम संरक्षक सुर्य गुरुड्ग र जनगणना सम्बन्धी कुराहरुका बारेमा आआफ्नो धारणा राख्नु भयको थियो ।
बेलायतमा नेपालीहरुको बसोबासको क्रम बढिरहेका बेला जनगणनामा नेपाली नै उल्लेख गर्न एनआरएन यूकेले दबाब दिने उदेश्यले यो ज्ञापनपत्र तयार गरेर दियको हो। लण्डनमा २ लाख नेपाली रहेको अनुमान गरीय संगै ३ सय भन्दा बढी संघसंस्था खुलेर आफ्ना धर्म, कला, संस्कृति संरक्षणका कार्यहरु गर्दै आइरहेको छ।
यही जनगणना विषयमा एनआरएनए युकेले यसअघि नै आफ्नै कार्यालय अल्डरसटमा छलफल समेत गरीसकेको छ। एनआरएन यूकेमा फगामी नेतृत्वमा कार्यसमिति चयन भएसँगै विभिन्न राज्यमा शाखा विस्तार लगायतका नेपालीको हितको कामहरु हुँदै आएको छ। ग्रेटर रसमोर इलाकामा धेरै नेपालीहरुको बसोवास रहेको र सासंदले पनि नेपालीको मागलाई सहयोग दिनुको कारण नेपाली प्रति सासंद ज्यादै सकारात्मक रहेको,ग्रेटर रसमोर नेपाली कम्युनिटीले यो इलाकामा काउन्सीललाई सहयोग गरेकै कारण हो भन्दै अध्यक्ष जीव बेलवासेले एक प्रश्नको जवाफमा बताउनु भयो।